पोखरा
कास्कीको पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये ३८ जनाको पहिचान खुलेको छ ।
आइतबार यती एयरलाइन्सको विमान पोखराको सेती नदीको खोँचमा दुर्घटना हुँदा ६८ जनाको मृत्यु भएको थियो । बाँकी चार जनाको अवस्था भने अझै अज्ञात छ ।
हराइरहेका चार जनाको खोजीका लागि सशस्त्र प्रहरी बलको गोताखोर, रोप रेस्क्यु र विपद् उद्धार तालिम प्राप्तसहित १ सय १५ जनाको टोली सोमबार बिहानैदेखि परिचालन गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६८ जनाको शव लगिएको र तीमध्ये हालसम्म ३८ जनाको पहिचान खुलेको छ ।
हेर्नुस् पहिचान खुलेकाको सूची :