महिला सांसदलाई चेली नभनियोस् : सांसद सुमना श्रेष्ठ

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुवना श्रेष्ठले महिला सांसदलाई चेली नभन्न आग्रह गरेकी छिन् ।

शनिवार उपसभामुखको निर्वाचनका लागि बसेको प्रतिनिधि सभाको बैठकमा उम्मेदवार इन्दिरा रानालाई समर्थन गर्दै उनले संसदमा महिला सांसदलाई चेली नभन्न आग्रह गरेकी हुन् ।

सांसद श्रेष्ठले भनिन– ‘यो सदनमा धेरै पटक सुनियो चेली । महिलाहरुलाई, महिला नेतृहरुलाई चेली भनेपछि के पुरुषहरुलाई चेला भन्छौँ ? भन्या सुन्या त छैनौँ ।

त्यसकारण कृपया मेरो आह्वान छ महिला नेतृलाई सम्बोधन गर्दा चेली नभनियोस्, यदि आत्मियता नै देखाउनु छ भने ३३ प्रतिशत न्यूनतम हो, ५० प्रतिशत सदस्य यो सदनमा पठाइयोस् ।’ एनजीओकर्मी समेत रहेकी उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार