आफूले पाएको झड्कामा मलम लगाउन ओलीले बोलाए बैठक

काठमाडौँ । सर्वाेच्च अदालतले मंगलवार झड्का दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट नेताहरुसँग छलफल गर्न लाग्नुभएको छ ।

सर्वोच्च अदालतले २० जना मन्त्रीको नियुक्ती खारेज गरेसँगै ओलीले आगामी रणनीति के कस्ता बनाउने भन्नेबारेमा छलफल गर्न आफूनिकट नेताहरुलाई आफ्नो निवास बालुवाटार बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा प्रदीप ज्ञवाली, ईश्वर पोखरेल, विष्णु पौडेल, सुबास नेम्वाङ लगायतका नेताहरु पुगनुभएको छ ।

ओलीले मंगलबार अदालतबाट पदमुक्त भएका मन्त्रीसँग छलफल गर्नुभएको थियो । छलफलमा ओलीले पार्टीमा छलफल गरेपछि कसरी अघि बढ्ने भनेर निर्णय गर्ने बताउनुभएको थियो ।

ओलीले मन्त्रीलाई अरू केही बिकल्प सोच्न सक्ने भन्दै निवास नछाड्न र गाडी प्रयोग गर्न भन्नुभएको थियो । पदमुक्त भएलगत्तै मन्त्रीहरु झण्डा छोपेर बालुवाटार पुगेका थिए।

सर्वाेच्चको आदेश सँगै जसपाबाट मन्त्री बनेकाहरुको पद १९ दिनमै खोसिएको छ ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !