अधिकार नै नहुने उपसभामुखको यति धेरै तारिफ किन ?: चित्रबहादुर केसी

काठमाडौं ।

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले प्रतिनिधिसभा उपसभामुखको भूमिका भन्दा बढी कृत्रिम तारिफ भएको टिप्पणी गरेका छन् ।

उपसभामुख चयन प्रक्रियाको छलफलमा भाग लिनेहरूले धरै तारिफ गरेको सुनिएको भन्दै उनले उपसभामुखलाई के अधिकार दिइएको छ र यति धेरै कृत्रिम तारिफ ? भन्दै प्रश्न गरे ।

‘अहिले उपसभामुखका जो बखान भएको छ, यो कृत्रिम बखान हो । उपसभामुखको आखिर अधिकार हुन्छ के ? हामीले देख्या छैनौँ ?’ उनले भने ।

उनले उपसभामुखको यति धेरै बखान गर्नेले सभामुखको उम्मेदवार किन नबनाएको भन्दै प्रश्न पनि गरे । अब राजनीतिक पार्टीहरूको लडाइँ राष्ट्रपतिका लागि भएको बताए । सबैलाई कम्फर्टेबल राष्ट्रपति चाहिएकाले २६ पुसबाट नै त्यसका लागि लडाइँ सुरु भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार