काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारी शनिवार अचानक नेपाल मजदुर किसान पार्टीका नेता तथा वामपन्थी लिजेन्ड नारायणमान बिजुक्छे निवासमा पुगेर भेट गरेकी छन् ।
चाँगुनारायण मन्दिरको दर्शन गरेर फर्किने क्रममा कमल विनायकस्थित निवास बिजुक्छे निवासमा राष्ट्रपति पुगेर करिब ४० मिनेट कुराकानी भएको थियो ।
बिजुक्छे र राष्ट्रपतिबीच बेला बेला भेटघाट हुने गरेपनि लामो समयपछि घरमै पुगेर भेट भएको हो । भेटमा बिजुक्छेलाई पत्नी वियोगप्रति समवेदना दिनुका साथै समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।
बिजुक्छे पत्नीको निधनको बेला राष्ट्रपतिको तर्फबाट प्रेस सल्लाहकार टीका ढकाललाई पठाइएको थियो । राष्ट्रपतिले बिजुक्छेलाई माइतीका रूपमा सम्मान गर्ने जानकारहरू बताउँछन् ।