सेती खोंचको जहाज दु’र्घटनास्थलमा स्मारक बनाउन माग

पोखरा ।

स्थानीय तथा सरोकारवालाले सेती खोंचको जहाज दु’र्घटनास्थलमा स्मारक बनाउन माग गरेका छन् । नेपालको आन्तरिक उडान इतिहासकै सबैभन्दा ठूलो विमान दु’र्घटना माघ १ गते पोखरामा भएको थियो । उड्डयन क्षेत्रको उक्त विभीषिकाको भविष्यमा पनि अध्ययन, अनुसन्धान र मृतकहरुको सम्झनाका लागि दु’र्घटनास्थलमा स्मारक निर्माणका लागि उनीहरुले माग गरेका हुन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदी नजिकको खोंचमा चालक दलका ४ जना र ६८ यात्रुहरू गरी ७२ जना सवार विमान दु’र्घटनामा परेको थियो । दुर्घटना प्रभावित नागरिक समाज गठन गरेर पोखरा महानगरपालिका र प्रदेश सरकारलाई उक्त क्षेत्रमा स्मारक बनाउन माग गरिने स्थानीय बासिन्दासमेत रहेका प्रेस स्वतन्त्रता सेनानी कुसुमकेशव पराजुली बताए । उनले माघ १३ गते शो’कसभा साथै उक्त ठाउँमा मृ’तकको सम्झनामा पार्क बनाउन माग गरिने जनाए ।

पीडित परिवारका सदस्य तथा स्वर्गीय एसबिनका ठूलाबुवा काजीमान गुरुङले दु’र्घटनाले निम्ताएको शो’कलाई शक्तिमा बदल्दै स्व’र्गीय आ’त्माहरूको शान्ति र उनीहरुको सम्मानका लागि उक्त ठाउँमा राज्यले स्मारक बनाउनुपर्ने बताए । ‘नीति नियम नै यस्तो छ । छानबिन आयोग सधैं गठन हुन्छ तर, सत्य उत्तर कहिल्यै दिँदैन ।

तर, यो ठाउँमा स्मारक बनाउनुपर्यो । यो राज्यको दायित्व पनि हो,’ मृ’तक एसबिनका ठूलाबुबाले भने, ‘यो क्षेत्रलाई स्मरण गर्न पाउने क्षेत्र बनाउनुपर्छ । हाम्रो देश बहुजाति बहुसंस्कृति भएकाले सबै धर्मलाई समेट्ने गरी मार्बलमा मृ’तकको नाम लेखी समाधि क्षेत्र बनाउनुपर्छ । जसले हामीहरूलाई हाम्रो आफन्त सम्झेर हरेक वर्ष पि’तृको नाममा दीप प्रज्ज्वलन गर्न पाइयोस् ।’

सरकारले दु’र्घटनाको छानबिन गरेर उत्तर दिने प्रतीक्षा आफूहरुलाई रहेको स्थानीयले बताएका छन् । ‘निष्पक्ष भावनाले आफ्नो जिम्मेवारी सम्झेर यस क्षेत्रमा पार्क बनाउन नागरिक समाजले पहल गर्नुपर्छ,’ काजीमान गुरुङले भने ।
दुर्घटनामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको पनि नि’धन भएको थियो । २० वर्षदेखि पत्रकारितामा क्रियाशील ३७ वर्षे पौडेलका ठूलोबाबाका छोरा खेमराज शर्माले पनि उक्त क्षेत्रमा पार्क बनाउन माग गरे ।

‘पाइलटले एयर ट्राफिकसँग गरेको कुराकानी अहिलेसम्म बाहिर ल्याइएको छैन, त्यो सार्वजनिक हुनुपर्छ,’ उनले भने, ‘पछाडि भएको फ्लाइटलाई बोलाएर टिकट अगाडि सार्न लगाउने काम किन गरियो यसको जवाफ खोई ? दु’र्घटना भएपछि नागरिक उड्डयन प्राधिकरणबाट जवाफ आएको छैन । यसको जवाफ कहिले आउँछ ? सरकारले यस क्षेत्रलाई विशेष क्षेत्र घोषणा गरोस् । मृ’तकका आफन्तहरु आएर आफ्ना मान्छेलाई सम्झन सकुन् ।’

स्मारक निर्माणको मागका सन्दर्भमा शनिबार दु’र्घटनास्थल नजिकै भेला भएको थियो । अर्का समाजसेवी नागवेली टोलका संयोजक तथा समाजसेवी क्यामबहादुर गुरुङ र ख्यामनाराण शर्मा पौडेलले दु’र्घटना पश्चात उद्धार गर्न आएका दमकल र एम्बुलेन्स घटनास्थल पुग्न गाह्रो भएकाले बाटो चाक्लो बनाउन महानगरसँग र स्थानीयहरुलाई त्यो वातावरण बनाउन माग गरे । दुर्घटना भएको १३ औं दिनमा स्वस्ति शान्ति, पूजापाठ गर्ने तयारीमा समाज जुटेकाको पत्रकार पराजुलीले बताए ।

प्राधिकरणको ‘एभिएसन सेफ्टी रिपोर्ट–२०२२’ अनुसार आन्तरिक उडानमा यसअघि यति ठूलो मानवीय क्षति भएको थिएन । इतिहास हेर्ने हो नेपाली आकाशमा भएका अन्तर्राष्ट्रिय उडानसहितको भने पनि यो तेस्रो ठूलो दुर्घटना हो ।

हेटौंडामा भएको नेपाल एयरलाइन्सको विमान दुर्घटनामा ३५, डडेल्धुरा जोगबुढा दु’र्घटना २५, म्याग्दी दुर्घटना २३, ओखलढुंगा दुर्घटना २२ र मुस्ताङ दु’र्घटना २२ जनाको भएको थियो । नेपालमा व्यावसायिक आन्तरिक उडानमा भएका ५० दु’र्घटनामध्ये २१ दुर्घटनामा कुनै पनि मानवीय क्षति भएको छैन । तर, अन्तर्राष्ट्रिय उडानतर्फ भने नेपाली आकाशमा सन् १९९२ मा एकै वर्ष दुई ठूला दु’र्घटना भएका थिए ।

भट्टेडाँडामा पाकिस्तान इन्टरनेसनल एयरको दु’र्घटनामा १६७ र ग्यानफेदीमा भएको थाई एयरवेजको दु’र्घटनामा ११३ जनाले ज्यान गुमाएका थिए । कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) टेकबहादुर केसीका अनुसार माघ १ को यती एयरलाइन्स दु’र्घटनामा अझै एकजनाको अवस्था खुल्न सकेको छैन । ७२ मध्ये ७१ जनाको शव भेटिएको छ ।

 

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार