निगमका कर्मचारीलाई पर्यटनमन्त्रीले भने: काम गर्न नसक्ने भए राजीनामा दिनू

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले वायुसेवा निगमका जहाजहरूको दैनिक रिपोर्ट पनि पेस गर्न निर्देशन दिएका छन् । सोमबार वायुसेवा निगमको कार्यालय निरीक्षण गर्दै मन्त्री किरातीले निगमका जहाज समयमा नै नउड्दा बदनाम हुन पुगेको भन्दै अब दैनिक रिपोर्ट पनि पेस गर्न निर्देशन दिएका हुन् ।

मन्त्री किरातीले निगम सुधारका लागि छिट्टै आर्थिक योजना पेस गर्न र एक महिनाभित्र अनलाइनमार्फत् टिकट काट्ने व्यवस्था गर्न पनि निगमलाई निर्देशन दिए ।

उनले निगममा रहेर काम गर्न नसके मार्गप्रशस्त गर्न पनि सुझाव लिए । “यतीले सक्छ, सीताले सक्छ, बुद्धले सक्छ । तर, सबैभन्दा पुरानो सरकारको वायु सेवा निगमले किन सक्दैन ? सक्नैपर्छ । यही सकिएन भने काम गर्न सकिन्न, राजीनामा दिएपनि भइहाल्यो,” उनले भने ।

उनले यसअघि भएका गल्तीलाई अब उपरान्त नदोहराउन निर्देशन दिँदै सकारात्मक काममा आफू सधैँ साथ दिने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार