कलिलै उमेरमा अनुहारमा चाउरीपना देखिनुको कारण र समाधान यस्ता छन्

कलिलै उमेरमा अनुहारमा चाहुरीपन देखिनु धेरै व्यक्तिहरुको समस्या हो। हामी सधै सुन्दर र आकर्षक देखिन चाहान्छौ तर कलिलै उमेरमा अनुहारमा देखिने चाउरिपनाले हाम्रो सुन्दरता हराएर जान्छ नै साथसाथै आफ्नो आत्मविश्वास पनि घटेर जान्छ। यसरी चाडै अनुहारमा चाउरिपन देखिनुलाई प्रिमेच्युर एजिङ भनिन्छ। अनुहारमा चाउरिपन आउनु बंशाणुगत गुणको पनि भूमिका रहेको हुन्छ भने हाम्रो खानपान र दैनिकी जिउने जिवनशैलिको पनि भूमिका हुन्छ। त्यस्तै चाउरीपन देखिनुको अर्को कारण हो सनस्क्रिनको प्रयोग विनै घाममा हिँड्नु, स्किनको हेरचाहमा गलत तरीकाले अपनाउनु, धुम्रपान र मद्यपान गर्नु र धेरै तनाब लिनु हो।

चाउरीपनलाई कम गर्नका लागि हामीले केचप, बार्बिक्यूव सस जस्ता खाने कुराको सेवन रोक्नुपर्दछ । दूधबाट बनेका परिकार पनि स्किनका लागि हानिकारक हुन्छ । त्यस्तै हेल्दी स्किनका लागि ब्रेड, पास्ता, केक जस्ता खानेकुरा पनि नखाएकै राम्रो मानिन्छ । त्यस्तै धेरै गुलियो खानेकुराहरुको निरन्तर सेवनले पनि छिटो बुढो देखिने समस्या निम्त्याउँछ । ब्लु बेरिज, स्ट्रबेरिज, ग्रिन टी को सेवन स्किनको लागि लाभदायक मानिन्छ । ग्रिन टीले स्किनलाई हाइड्रट राख्ने काम गर्छ । फरक फरक किसिमको फलफूलको सेवनले पनि चाउरीपन कम गर्दछ ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !