पार्टीले अ’प’राधीलाई काखी च्याप्दा ल’डेर ल्याएको व्यवस्थामा जनता निराश भए : चित्रबहादुर केसी

काठमाडौं ।

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले राजनीतिमा मनपरितन्त्र हावी हुँदा लडेर ल्याएको अहिलेको व्यवस्था जोगाउन समस्या भएको बताए ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जनताले राजनीति गर्ने, सांसद भएका र मन्त्री समेतलाई जनताले माया र श्रद्धा प्रकट गर्न छाडेको उल्लेख गरे ।

उनले राजनीतिक दलहरू नसच्चिए लडेर ल्याएको वहुदलिय व्यवस्था, लोकतान्त्रिक गणतन्त्र र समावेशीका मुद्धा समाप्त हुने चेतावनी दिए ।

“यस्तो किन भइरहेको छ भने निर्दलिय व्यवस्थावालाले अहिले धृण फैलाएका छन् । अहिलेको व्यवस्था किन चाहियो भनेर जनतालाई घोकाइरहेका छन्,” उनले भने, “राजनीतिक पार्टीका नेताहरु अपराधिक मुद्दा लागेका मानिसहरुलाई राजनीतिमा हुल्ने दक्षिण एसियामै नयाँ कुरा होइन ।”

सांसद केसीले थप प्रश्न गरे,“सामाजिक अपराध गरेकाहरूलाई के कारणले पार्टीले काखी च्यापेको ? यसले पार्टी र प्रणालीको बदनाम हुन्छ । पार्टीले जनताप्रति आस्था जोगाउने हो भने दुधको दुधको पानीको पानी छुट्टाएर उनीहरुलाई कारवाही गराउन दृण हुनुपर्छ।”

बैठकमा बोल्दै उनले राजनीतिक पार्टीसँग जोडिएकाहरूले सभामुख र उपसभामुख चलाउन सहज नहुने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार