काठमाडौं ।
माघ ५ गते स्याङ्जाको वालिङस्थित खेल मैदानमा हेलिकोप्टर अवतरण गर्ने प्रभु हेलिकोप्टरका पाइलट रनेश डंगोललाई नागरिक उड्डयन प्राधिकरणले उडान गर्न रोक लगाएको छ ।
मैदानमा खेल भइरहेको अवस्थामा हेलिकोप्टर अवतरण गराएकोले उनलाई उडान गर्न रोक लगाइएको हो ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार डंगोलले खेल हुँदै गरेका स्थानमा बिनाअनुमति हेलिकोप्टर अवतरण गराएकाले उडानमा रोक लगाइएको हो ।
“प्रारम्भिक अध्ययनको क्रममा पाइलटले अनुमतिबिना नै हेलिकोप्टर अवतरण गरेको देखिएकाले हामीले कम्पनीलाई त्यो घटनामा संलग्न पाइलटलाई उडानमा प्रतिबन्ध गर्न लगाएका हौं ।
कति समयका लागि हो, त्यो निश्चित छैन,” उनले भने, “हामी पाइलटसँग सोधपुछ र छानबिन गरेर के गर्ने भन्नेबारे निष्कर्षमा पुग्छौँ ।”