जानीराख्नुहोस् जमराको जुसका यति धेरै फाइदाहरु

हामी धेरैलाई जुस त मन पर्छ नै चाहे त्यो फलफूलको होस् या अरु कुनै कुराको। जुस भन्ने बितिकै सुरुमा त हामी सबैलाई उखुको, स्याउको, सुन्तलाको, अनारको आदिको भन्ने याद आउछ तर जमराको जुस भनेर दिमागमा फ्याट्ट नआउन सक्छ। कतिले जमराको जुसको बारेमा सुन्नुभएको होला कतिले सुन्नु भएको छैन होला। कतिले भने जमराको जुस खाए धेरै फाइदा हुन्छ रे भनेर मात्र सुन्नु भाको होला तर आज तपाइलाई जमराको जुसले के कस्तो फाइदा गर्छ भनेर पनि जान्नुहुनेछ। गहुँको जमराको जुसमा विभिन्न प्रकारका पोषक तत्वहरु पाइन्छ । विशेषज्ञका अनुसार यसमा क्लोरोफिल, भिटामिन ए, भिटामिन बी–१२, भिटामिन सी, भिटामिन डी, भिटामिन ई, भिटामिन के, पोस्फोरस, क्याल्सियम, फोलिक एसिड, आइरन म्याग्नेसियमलगायत १९ प्रकारका एमिनो एसिड पाइन्छ । जमराको जुसमा क्लोरोफिल प्रशस्त मात्रामा पाइने भएकाले यसले शरीरको रगत सफा गर्छ ।

त्यतिमात्र हैन यसले शरीरमा भएका घाउहरु निको गराउँछ । श्वास गन्हाउने समस्याबाट मुक्ति दिलाउनुका साथै दाँतलाई बलियो बनाउँछ । शरीरको वजन घटाउँछ ।रक्तसञ्चारलाई सन्तुलनमा ल्याउँछ । चर्मरोगको उपचार गर्छ ।यसले भोक कम गराउनुका साथै रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गराउँछ । डण्डिफोर र बिबिराबाट जोगाउनुका साथै घामको एलर्जी हुनबाट बचाउँछ । क्यान्सर हुनबाट बचाउँछ । महिलाहरुमा हुने महिनावारी गडबडीलाई नियमित गराउँछ । महिलाहरुमा प्रजनन क्षमतामा वृद्धि गराउँछ भने पुरुषहरुमा वीर्य उत्पादन बढाउँछ । नियमित रुपमा जमराको जुस सेवन गरेमा मधुमेह निको पार्न सहयोग गर्छ । आँखाको दृश्यशक्तिलाई वृद्धि गराउँछ । शरीरको थकान हटाउनुका साथै चायाँ कम गराउँछ । त्यसैले तपाइँ पनि स्वास्थ्य जीवनको लागि जमराको जुस भरिसक्के बिहान खानुहोस।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !