सुक्खा खोकीको घरेलु उपचार यस्तो छ

अहिलेको समय यस्तो छ कि साथीभाई कसैको अगाडी सुक्खा खोकी लाग्यो भने कोरोन हो कि भन्ने संखा गरिन्छ। हुनपनि कोरोनाको मुख्य लक्षण नै जोरो संगै सुक्खा खोकी पनि हो। तर सुक्खा खोकी कोरोनाको कारणले मात्र पनि लागदैन। सडकको धुवा धुलो, मौसम परिवर्तन आदि हुनाले पनि सुक्खा खोकी लाग्ने गर्छ। यसरी सुक्खा खोकी लाग्दा सामन्यतय हाम्रै भान्छामा उपलब्ध हुने सामाग्रीबाट घरमा नै औषधि बनाउन सकिन्छ। सबैभन्दा सुरुमा एक टुक्रा अदुवा लिनुहोस्, दुई चिया चम्चा शुद्ध मह लिनुहोस्, चार वटा ल्वाङ्ग र चार चम्चा जति पानी लिनुहोस्।

त्यसपछि अदुवाको बोक्रा फालेर त्यसको रस निकाल्नुहोस्, कम्तिमा पनि तीन चिया चम्चा । अब ल्वाङ्गलाई अघि तयार पारेको पानीमा सानो ग्यास बनाएर एकछिन उमाल्नुहोस् । उमालेर तयार भएको पानी अब अदुवाको रसमा मिसाउनुहोस् र मह पनि मिसाउनुहोस् । अब सबैलाई राम्रोसँग घोलेर सफा र ओभानो सिसामा राख्नुहोस् । यसरी तयार भएको औषधि तपाई दिनको तीन पटक एक चिया चम्चाको दरले खान सक्नुहुनेछ । यसरी घरमै दबाई बनाएर खानु भयो भने तपाइलाई सुक्खा खोकीले हतपत छुदैन र कोरोना संक्रमित ब्यतिले खानुभयो भने कोरोना बाट लाग्ने सुक्खा खोकी पनि बिस्तारै कम हुदै जान्छ।

सेयर गर्नुहोस
  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

प्रतिक्रिया दिनुहोस !