बिहिबार पनि सेयर बजारमा गिरावट

सेयर बजारमा घटबड हुनु नौलो कुरा भने अवस्य है। यस्तै बिहीवार पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीवार नेप्से परिसूचक १६.९६ अंकले घट्दा शेयर बजार २८४३.०० विन्दुमा झरेको छ । यस दिन सेन्सेटिभ परिसूचकमा पनि गिरावट आएको छ । सूचक ३.१७ अंकले घट्दा बजार ५२५.६४ विन्दुमा झरेको छ । बिहीवार २ सय १९ कम्पनी कारोबारमा आएका थिए । यी कम्पनीहरूले १ करोड ३२ लाख १० हजार ३६९ कित्ता शेयर ७ अर्ब ३ करोड ३६ लाख ३ हजार ७४० रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ । यस दिन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर मूल्यमा उच्च वृद्धि भएको छ भने छिमेकी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आएको छ । बिहीवार कारोबारमा आएका उपसमूहमध्ये जलविद्युत र होटल तथा पर्यटनबाहेक अन्य सबैको सूचकमा गिरावट आएको छ । अब आउने साता के कस्तो कारोबार देखिने त्यो भने हामीले अनुमान मात्र लगाउन सक्छौ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !