कान बाट निस्किने फोहोरको यस्ता छन फाईदाहरु

हामी धेरैलाई कानबाट निस्किने फोहोर देखि घिन लागेर आउछ। तर, कानको मैलो हाम्रो शरीरबाट निस्कने एउटा प्रकृतिक चुहावट हो जसले महत्वपूर्ण काम गर्छ । त्यही भएर यो मैलो सफा राख्ने कुरालाई हल्का रुपमा लिनु हुँदैन । विशेषज्ञहरु भन्छन्, ‘कानको मैलो यस्तो पदार्थ हो जुन भित्र रहेको ग्रन्थीमा उत्पादन हुन्छ र यसको धेरै काम हुन्छ ।’ यसले हाम्रो कानलाई सफा र स्वस्थ राख्न मद्दत गर्छ। यसले कानको नहरमाथिको सतहमा सुख्खा र दरार हुन रोक्छ। यसले कानलाई धुलो कण र पानीबाट बताउँछ जसले संक्रमण रोक्न मद्दत गर्छ। धेरै जसो समय, हाम्रो कानको नहरले आफ्नै सफाई गर्छन्। यसले यति धेरै फाइदा गर्छ भनेर सफा नगरी बस्ने चै गर्नु हुन्न। कानेगुजी वा कानको मैलो सामान्यतया केही समस्या होइन । तर यो धेरै मात्रामा बन्न थाल्यो भने यसले कानमा दुखाई हुने र केही समयमा कानको सुन्ने क्षमता कमजोर हुन सक्छ । कानको सफा गर्दा जे पायो त्यहिले पनि सफा गर्नु हुदैन। त्यसैले सफा गर्दा धेरै ध्यान दिन जरुरि पनि छ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !