भेडाको शरीर बाट ३५ केजी उन निकालियो

एजेन्सी। हुन त तपाइलाई विस्वास नलाग्न सक्छ तर यो कुरा सत्य हो। अस्ट्रेलियामा एउटा भेडाको शरीरबाट ३५ केजी उन निकालिएको छ। वास्तवमा पालेको भेडा भागेको वर्षौपछि भेटिँदा त्यो उनले पुरिएको अवस्थामा भेटिएको थियो।यस भेडाको नाम बाराक हो। वर्षौसम्म त्यसको शरीरबाट उन ननिकाल्दा त्यो भेडा उनले पुरिएको हो भने धेरै उन भएका कारण उक्त भेडालाई हिँड्नै गाह्रो भएको थियो। केहि ब्यतिले उक्त भेडालाई भेटाएर इदगार मिसन फार्म स्यांचुआरीमा ल्याएर त्यसबाट उन निकालि दिएका हुन्। उनले गर्दा हिड्न नसकेको भेडा उन काटिसकेपछि भने रुप नै फेरिएको छ। साथै भेडाले नया जीवन पनि पाएको छ। भेडाको शरीर बाट उन निकालेको भिडियो अहिले सामाजिक संजालमा निकै भाइरल बनिरहेको छ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !