चीनमा भेटियो जिराफभन्दा अग्लो र हात्तीभन्दा चार गुणा वजन भएको गैंडा

सामन्यतय गैंडा धेरै ठुलो हुदैन तर चीनका वैज्ञानिकहरुले विशाल गैंडाको प्रजाति पहिले अस्तित्वमा रहेको पत्ता लगाएका छन्। कम्युनिकेसन्स बायोलोजी जर्नलका अनुसार यस प्रजातिको गैंडा हालका जिराफभन्दा अग्ला थिए भने यो अफ्रिकी हात्तीभन्दा चार गुणा वजनदार थिए। उत्तर–पश्चिमी चीनको गान्सु प्रान्तको वाङजियाचुआनमा सन् २०१५ मा भेटिएको जीवाश्मलाई वषौं अनुसन्धान गर्दा पृथ्वीमा ‘पारासेराथिरियम लिनसियन्स’ प्रजातिको गैंडाको बारेमा थाहा भएको हो। उक्त प्रजातिका गैंडाको सिंग हुदैन थियो भने २३ फिट माथिसम्मका रुखका पातहरु खाने उल्लेख गरिएको छ। चीनले यस्ता कुराहरु निकै वर्षा देखि खोज र अनुसन्धान गरिरहेक छ।

सेयर गर्नुहोस
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

प्रतिक्रिया दिनुहोस !