कस्तो अचम्म: आकाशमा नै सम्पन्न गरियो विवाह

भारत। विश्वमा नै कोरोनको त्रास बढेसंगै सबै रास्ट्रहरुले भिडभाड नगर्न र सचेत रहन आग्रह गर्दै आएका छन् तर भारतमा भने निकै रोचक घटना घटेको छ। भारतमा कोरोनाको दोस्रो लहरले प्रभावित छ। जसका कारण देशका अधिकाँश स्थानमा लकडाउन लागू गरिएको छ।
कोरोनाविरुद्धको प्रतिबन्ध लागू भएकाले भारतमा विवाह समारोह धेरै मानिसको उपस्थितीमा गर्न पाइँदैन। त्यसकारण एक भारतीय जोडीले कोरोनाविरुद्ध लागू गरिएका प्रतिबन्धहरू छल्न विमान भाडामा लिएर १५० भन्दा बढी निम्तालुहरूको उपस्थितीमा आकाशमै विवाह गरेका छन्। हवाईजहाजमा गरिएको उक्त विबाहको भिडियोहरु अहिले सामाजिक संजालमा भाइरल बनिरहेका छन्। भनिन्छ नि खाने मुखलाई जुंगाले छेक्दैन हो यो पनि एउटा गतिलो उदाहरण हो।

सेयर गर्नुहोस
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

प्रतिक्रिया दिनुहोस !