विश्वका स्टार खेलाडी मेस्सी कति बर्ष लागे ?

काठमाडाैं । अर्जेन्टिनाका राष्ट्रिय टोलीका स्ट्राइकर तथा स्पेनिस महारथी क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई नचिन्ने सायदै होलान। बिश्वब्यापी रुपमा नै उनका धेरै फ्यानहरु छन्। यस्तै लियोनल मेस्सी ३४ वर्षमा प्रवेश गरेका छन् । उनको जन्म १९८७ जुन महिनाको २४ तारिखमा अर्जेन्टिनाको रोसारीओ भन्ने ठाउँमा भएको थियो । सानै उमेर देखि फुटबल खेल्न रुचाउने मेस्सी अहिले विश्वका चर्चित खेलाडी मध्ये एक हुन्। मेस्सीलाई विभिन्न खेलाडीहरू र खेलप्रमीहरूले जन्मदिनकाे शुभकामना दिएका छन् । सामाजिक सञ्जालभरी मेस्सीका फ्यानहरूले जन्मदिनकाे शुभकामना दिएका छन् । हाल कोपा अमेरिका चलिरहेको छ भने मेस्सी पनि आफ्नो देश अर्जेन्टिना बाट कोपा अमेरिका खेलिरहेका छन्। यस पटक मेस्सिले आफ्नो देशलाई कोपा अमेरिका जिताउन कतीको सफल हुने हुन् त्यो भने हेर्न बाकि नै छ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !