राष्ट्रपति पौडेल अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्।

मंगलबार साँझ अचानक स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेललाई त्रिवि शिक्षण अस्पताल लगिएको हो।

उनको स्वास्थ्य अवस्था बुझ्न उपप्रधान, रक्षा तथा कानुनमन्त्री पूर्णबहादुर खड्का अस्पताल पुगेको खड्काको सचिवालयले जनाएको छ।

मन्त्रिपरिषद् बैठक सकेर मन्त्री खड्का अस्पताल पुगेका हुन्।

यसअघि हिजो उनको बायाँ छातीको तल्लो भागबाट भिडिओ एक्सरेको सहायताले पानी निकाली परीक्षणको लागि पठाइएको थियो। स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै अस्पतालले उनलाई निवास फर्काएको थियो।

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार