शनिबार बिहान आएको बाढिले मेलम्चीमा घर बगायो

केहि दिन यता सिन्धुपाल्चोकमा बाढी र पहिरोले धेरै क्षति गरेको छ। यस्तै शनिबार मेलम्चीमा अविरल वर्षापछिको बाढीले फेरी एक घर बगाएको छ । शनिबार बिहान मेलम्ची नगरपालिका ११ स्थित इन्दरावती नदीको छेउमा रहेको तीन तले पक्की घर बाढीले बगाएको हो । एक साताअघि आएको भीषण बाढीकै बेला स्थानीय गोपाल दुलालको सो घर जोखिममा रहेकामा शनिबारको बाढीले भत्किन पुगेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । घरपरिवार अन्यत्र स्थानान्तर भइसकेकाले कुनै मानविय क्षति भने भएको छैन । एक साताअघिको बाढीका कारण दर्जनौं घरपरिवार विस्थापित भएका थिए । नियमित परेको पानीले जनजीवनमा निकै असर परेको छ।

सेयर गर्नुहोस
  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

प्रतिक्रिया दिनुहोस !