नायक पल शाह बने ‘रियल हिरो अफ दि इयर’

नेपाली चलचित्र क्षेत्रका चर्चित लोकप्रिय नायक पल शाहलाई ‘रजतपट कोसेली अभियान’ले ‘रियल हीरो अफ दि इयर’ सम्मान दिएको छ। पछिल्लो समय समाज सेवामा निकै सक्रिय भएका नायल शाहलाई उक्त सम्मान दिएको हो। उक्त समान दिनको लागि ‘रजतपट कोसेली अभियान’ले सोमबार नै कार्यक्रमको आयोजना गरेको भएपनि नायक पल शाह भ्याली भाइर भएकाले उक्त दिन सम्मान ग्रहण गर्न आइनपुगेकाले मंगलबार पुन कार्यक्रमको आयोजना गर्दै उक्त सम्मान दिएको हो।

नायक पल शाह भने नेपाली चलचित्र क्षेत्रमा लाग्नु भन्दा अगाडि देखि नै समाज सेवामा सक्रिय थिए। कोरोना महामारीका कारण धेरैलाइ पर्न गएको दुखमा नायक पलले आफ्नो तर्फ बाट भने साथ् दिइरहेका छन्। आफ्नो ज्यानको बाजि राखेर गरेको सामाजिक कामको उच्छ मुल्यांकन गर्दै रजतपट कोसेली अभियानले पललाई सम्मान गरेको हो। पलले आफू सम्मानित हुन पाउँदा निकै खुसी भएको बताए। पलसँगै नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरीलाई पनि सम्मान गरिएको थियो। नायक पल शाहको अहिले चुतार्फी तारिफ भैरहेको छ। यस्तै अन्य नायक नायिकाहरु पनि दर्शकहरुको दुखमा साथ दिइरहेका छन्।

सेयर गर्नुहोस
  • 229
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    229
    Shares

प्रतिक्रिया दिनुहोस !