सोमबार साँझसम्म हस्ताक्षर फिर्ता नभए पार्टी एकता हुन्न

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा विचाराधीन मुद्दामा प्रयोग भएको हस्ताक्षर सोमबार साँझसम्म फिर्ता नभए पार्टी एकता नहुने बताएका छन् । शुक्रबार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले २३ निवर्तमान सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ ।

दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरेको बोलाइएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने अनुपस्थित थिए । त्यही बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हस्ताक्षर फिर्ता नभए पार्टी एकता नहुने बताए । ‘सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न’ उनलेभने, कांग्रेसका नेतालाई प्रधानमन्त्री बनाउने छुट एमालेका सदस्यलाई छैन ।’

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले हस्ताक्षर फिर्ता नगर्नु पार्टी फुटको घोषणा हुने उनले बताए । यो कुरा किमार्थ स्वीकार्य छैन । त्यसो गर्नु पार्टी फुटेको घोषणा हो’, उनले भनेका छन् ।७ जेठको मध्यरातमा भएको प्रतिनिधिसभा विघटन खारेज र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै १४६ सांसद सर्वोच्च अदालत गएका थिए, जसमा एमालेको नेपाल समूहका २३ निवर्तमान सांसदको हस्ताक्षर छ ।

सेयर गर्नुहोस
  • 162
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    162
    Shares

प्रतिक्रिया दिनुहोस !