ओस्कर जित्ने नेपाली फिल्मलाई रु.८ लाख दिने घोषणा

काठमाडौं । चलचित्र विकास बोर्डले विश्वकै प्रतिष्ठित ओस्कर अवार्ड जित्ने नेपाली फिल्मलाई प्रोत्साहन स्वरुप ८ लाख रुपैया दिने भएको छ । विहीबार बिकास बोर्डको २१औं वार्षिकोत्सवको अवसरमा बोर्डका अध्यक्ष दयाराम दाहालले ओस्कर अवार्ड जित्ने फिल्मलाई रु. ८ लाख दिने घोषणा गरेका हुन् । त्यस्तै, बोर्डले बर्लिन, टोरन्टो, सनडान्स, रोटेरडम, कान्स, भेनिस, लोकार्नीलगायतका फेस्टिभलहरुमा छनोट हुने फिचर फिल्मलाई रु.२ लाख ५० हजार र छोटो फिल्मलाई १ लाख दिने जनाएको छ ।

त्यस्तै, बोर्डले गोल्डेन अवार्ड, एसिया प्यासिफिक स्क्रिन अवार्ड र एसियन फिल्म अवार्डमा छनोट भएर स्क्रिनिङ हुने फिल्मलाई १ लाख र बिजेता बनेमा १ लाख ५० हजारदेखि २ लाखसम्म प्रोत्साहन रकम प्रदान गर्ने जनाएको छ । त्यस्तै, बोर्डले ‘स्क्रिप्ट डेभलपमेन्ट वा प्रोजेक्ट मार्केट’लागतयका विश्वकै प्रतिष्ठित ल्याबमा जाने फिल्मलाई ५० हजारदेखि ३ लाखसम्म ‘ट्राभल ग्रान्ट’ उपलब्ध गराउने जनाएको छ ।

सेयर गर्नुहोस
  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

प्रतिक्रिया दिनुहोस !