चलचित्र “गोपी” – समिक्षा

गोपि” समीक्षा (२.५/५ स्टार)
रिलिज भएको दोस्रो दिन चलचित्र गोपि हेर्न अवसर जुर्यो।ट्रेलरमा एकखाल्को आकर्षण थियो त्यसैले म पनि उत्सुकनै थिए गोपि हेर्नलाई।अब चलचित्र हेरिसकेपछी एकप्रकारको समीक्षा गर्न मन लाग्छ त्यसैले केही लेख्दै छु।चलचित्रका सवल पक्षहरु र केही कमजोर पक्षहरु मैले केलाएको छु पहिला सबल पक्षबाटै सुरु गर्छु
विषयवस्तु
चलचित्रको सबैभन्दा सकारात्मक पक्षनै विषय हो।सायद हामी कसैले अहिलेसम्म सोचेको थिएनौँ होला कसैले गाईपालन सम्बन्धि पनि चलचित्र बनाउन सक्छ तर बन्यो जुन सबैभन्दा राम्रो कुरा।
पात्र छनोट
सायदनै कुनै ८४ प्रतिशत ल्याएको बिद्यार्थी गाइपालन गरेर नेपालमै बस्छु भन्ने भेटिन सकिन्छ हाम्रो देश नेपालमा तर म गलतपनी हुनसक्छु, तरपनी निर्देशक दिपेन्द्र लामाका पात्रहरु जहिलै मौलिक हुन्छन् ,उनको पहिलो चलचित्र घामपानीबाट पनि हामिले अनुमान लगाउन सक्छौँ, समाजबाट टपक टिपेर ल्याएजस्तो।त्यस्तै चलचित्रका पात्रहरुपनी सारै मौलिक र हाम्रै वरिपरि देखिएका जस्ता लाग्छन।यो पनि चलचित्रको एउटा राम्रो पक्ष हो।
कलाकार छनोट र अभिनय
निर्देशक दिपेन्द्र लामा यो पटकपनी कलाकार छनोट गर्न माहिर देखिए। बिपिन कार्की, सुरक्षा पन्त, भोला सापकोटा,प्रकाश घिमिरे,वर्षा राउत, अंकित खड्का,रमेस अधिकारी, आदि । सबैको अभिनय एकदम पर्फेक्ट छ खोट लगाउने ठाउँ छैन।एउटा चलचित्र राम्रो बन्नमा कलाकारको हात हुन्छ, यो कुरामा चलचित्र चुकेको छैन।
बिपिन कार्की र सुरक्षा पन्तको केमिस्ट्री
यी दुई कलाकार अभिनयको मामलामा त सबैलाई थाहानै छ एकदम उत्कृष्ट छ्न तर यी दुई एकैसाथ पर्दामा कस्तो देखिएलान भन्ने सबैको मनमा लागेको कुरापनी हुन्सक्छ।पक्कैपनी पर्दामा म चाहिँ यो जोडिलाई आगामी दिनमा हेर्न चाहान्छु।जब जब चलचित्रमा यी दुई जोडिको दृश्य आउँछ र उनिहरुले बोलेको संवाद आउँछ हुबहु यथार्थको प्रेमी प्रेमिका जस्तो लाग्छ जुन चलचित्रको अर्को एइटा बलियो र राम्रो पक्ष हो।

अब कुरा गरौँ कमजोर पक्षको
कथा
अब यत्रो बेर राम्रो पक्षको कुरा गर्यो तर अन्तिममा कथामै खोट लगाउँदै छ जस्तो लाग्यो होला तपाईंहरुलाई तर के गर्ने हाम्रो चलचित्र क्षेत्रको विडम्बना। निर्देशक दिपेन्द्र लामाले उत्कृष्ट विषय त उठाए तर उत्कृष्ट कथा भन्नबाटचाहिँ चुके किनकी कथा सरल हुनु कमजोरी होइन तर आवश्यक पात्रहरुलाई सहिप्रकारको गति नदिनु र अनावश्यक पात्रहरुलाई जोड दिनुनै चलचित्र गोपिको कमजोरी हो। चलचित्र हेर्दै जाँदा कुनै पात्रहरुको दृश्य आउँदा एकदम उराठ लागेर आउँछ ।जुन विषयलाई लिएर चलचित्र बनाइएको हो त्योनै पो बिर्सेकोपो होकि जस्तोपनी लाग्छ।
अनावश्यक पात्र
चलचित्रमा केही पात्रहरु अनावश्यक लाग्नसक्छ त्यो चाहिँ चलचित्रहेरेर तपाईंहरुलेनै बुझ्नुहोला।
अनावश्यक प्रेम
बिपिन कार्की र सुरक्षा पन्तको प्रेमसम्म ठिक छ तर जब वर्षा राउतको आगमन हुन्छ र एकखाल्को प्रेम सम्बन्ध सुरुहुन्छ त्यो चाहिँ अनावश्यक लाग्छ र अन्तिममा पनि चलचित्रको अन्त्य यी दुइपात्रबाटनै हुनु अर्को कमजोरी हो किनकी चलचित्रको विषय अनुसार चलचित्र प्रेरणादायी हुनुपर्ने हो तर दोस्रो प्रेम सम्बन्धले त्यो कुरालाई रोक्छ।
कलात्मक दृश्य
मध्यान्तरमा बाहिर निक्लिँदै गर्दा एक युवाले भन्दै थिए “यो डकुमेन्ट्री होकि चलचित्र”, सायद कलात्मक दृश्य अभाव ती युवाले महसुस गरेहोला।
चलचित्र जतिनै मौलिक भएपनी दर्शकको कलात्मक दृष्यको अपेक्षा रहेकै हुन्छ त्यसैले कलात्मक दृश्य चलचित्रमा हुनैपर्छ।जस्तो कि चलचित्र गाइपालन सम्बन्धी छभने गाइपालनको सम्बन्धि धेरै कुराहरु मोन्टाज(Montage) मार्फत देखाउन पर्ने हो वा दर्शकलाई गाईपालन गरुँ गरुँ लाग्ने खाल्को उत्प्रेरणा दिने खाल्को दृश्यहरु हुनुपर्ने हो जुन देखाउन निर्देशक चुकेको पाइयो।

अरुपनी केही खोट त छ्न तर ती चाहिँ म तपाईंहरु चलचित्र हेरेर आफैं केलाउन म छोडीदिन्छु किनकी ती कुराहरु यहाँ खुलायोभने चलचित्रको मुख्य विषयनै खोलिन सक्छ। र अन्तिममा म के भन्न चाहान्छुभने चलचित्र एकचोटी हलमा गएर हेर्दा खेर जाँदैन र यी माथी उल्लेखित कमजोरीहरु सायद मेरोलागि मात्रपो होकि त्यसैले यस्ता विषयमा बनेका चलचित्रहरुलाई एकपटक मौका दिनैपर्छ हामिले।सबै सिनेमा प्रेमिहरुलाई मेरो अनुरोध ,नजिकको सिनेमा घरमा गएर एकपटक हेर्नुहोला

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !