चलचित्र “बुलबुल” – समिक्षा

चलचित्र समिक्षा(३/५)
चलचित्र: बुलबुल
निर्देशक/लेखक: Binod Paudel
कलाकार:स्वस्तिमा खड्का,लक्ष्मी बर्देवा,मुकुन भुषाल,जोएस पाण्डे,दिपक क्षेत्री,उज्ज्वल अधिकारी ,अलिना कार्की

म अन्योलमा थिएँ, रिलिज भएको ७ औँ दिनमा चलचित्र बुलबुल हेरेँ अब समीक्षा लेखौँ कि नलेखौँ।तर एउटा चलचित्र प्रेमी साथै मिडियाकर्मी भैसकेपछी नलेखी बस्न सकिन।चलचित्र रिलिज भएको सातौँ दिन भएकोले चलचित्र भित्रका केही सिनबारे थोरै थोरै लेख्ने सोचेको छु त्यसैले यसलाई बिघ्न नसोच्दिनुहोला।चलचित्रको बारेमा धेरै राम्रो समीक्षा आईसकेपछी चलचित्रप्रती एकखाल्को उत्सुकता बढेको थियो त्यसै अनुरुप चलचित्र हेरियो।अब सुरुमा चलचित्रको राम्रो पक्षबारेमा नै कुरा गर्नुपर्छ।

चलचित्रको मजबुत पक्ष
*चलचित्रको पात्रहरु एकदमै हुबहु लाग्छन।त्यो मात्र होइन तिनीहरुको मनोबिज्ञानपनि एकदमै हामिले देखिराखेका मानिसको जस्तो लाग्छ। लेखनमा बिनोद पौडेलले निक्कै मिहिनेत गरेको स्पष्ट हुन्छ, पत्रहरुलाई देखेपछी।
*चलचित्रको अर्को सबल पक्ष भनेको अभिनय हो।उचित कलाकार चयन गरिएको छ। स्वस्तिमा खड्का, लक्ष्मी बर्देवा,मुकुन भुसाल सथै अन्य सबैको अभिनयमा खोट लगाउने ठाउँ छैन।
*चलचित्रको कथा सरल र अनुमान लगाउन सकिने भएतापनी निर्देशकले पात्रहरुको मनोबिज्ञानलाई जोड दिएको हुँदा कथालाई प्रस्तुतिका हिसाबले पनि एउटा सबल पक्ष मान्न सकिन्छ।
*चलचित्रमा मुल पात्र टेम्पो चालक हो र निर्देशकले टेम्पोलाई पनि एउटा पात्रको रुप दिएका छ्न जुन एउटा मजबुत पक्ष हो।
*सिनेमाटोग्राफर सुसान प्रजापतिको खिचाईले पात्रहरुको मनोबिज्ञान झल्किन्छ यसमा कुनै शंका छैन, यो पनि सबल पक्षनै हो।
*त्यसतै चलचित्रको केही सिनहरु अत्तिनै शक्तिशाली छन, यसले के प्रमाणित गर्छभने निर्देशकले दृश्यभाषालाई गहिरेर बुझेका छ्न।जस्तोकी रनकलाले सपना देखेको दृश्य,रनकला र चोपेन्द्रको इन्टिमेट सिन, रनकलाले चोपेन्द्र बस्ने कोठाको सीसा तोडेको दृश्य, रनककला र साथिले पोर्न हेरेको दृश्य,महिला टेम्पो चालक र मेकानिकको दृश्य, रनकलाको साथीले बुढाले पिटिसकेपछी केरा किनेर खएको दृश्य,मेकानिकले अब तेरो पाङ्ग्राले काम गर्दैन भनेको दृश्य आदि यी सबै दृश्यले चलचित्र एउटा दृश्यभाषामा उत्कृष्ट भएको ठहरिन्छ।

अब कुरा गरौँ चलचित्रको कमजोर पक्ष
* चलचित्रको सबैभन्दा कमजोर पक्षभनेको सम्पादन हो , केही महत्वपूर्ण सिन छोडेर धेरै सिनहरु फिक्स सट धेरैबेरसम्म राखिएको छ जसले दर्शकलाई उठेर हिँडौकी जस्तो पनि लाग्छ। जस्तोकि कुनै कुनै फिक्स सट यसरी राखिएको छकी जुन हेर्दा थकित भएका दर्शक चाहिने ठाउँमा संवादबिना राखिएको फिक्स सट हेर्दापनि दिक्क मान्छ्न। निर्देशकले यो कुरा ख्यालगर्नुपर्ने हो।
* गहिरिएर हेर्दा चोपेन्द्र भुषाल(मुकुन भुषाल) को चरित्रलाई न्याय नगरेको पो होकि जस्तो लाग्छ,उसको पृष्ठभुमिलाई निर्देशकले पुर्णरुपमा उपेक्षा गरेका छ्न जसले गर्दा उसको मनोबिज्ञानसंग दर्शक जोडिन सक्लान नसक्लान। यसलाईपनी चलचित्रको कमजोरी मान्न सकिन्छ किनकी चोपेन्द्रको चरित्रसंग सुरुवातबाटनै दर्शक जोडिन्छ्न उनको बोलिले दर्शक आकर्षित भैसक्छ्न तर चलचित्र अघि बढ्दै जाँदा उनको बरेमा दर्शक अझ बढि जान्न खोज्दा खोज्दै उनको उपस्थिती हराउँदै जान्छ नत त्यतिबेलासम्म उनको मनोबिज्ञानबारेनै खुलेर दर्शकलाई देखाईएको छ।यी कमजोरी बाहेक मैले खासै अरु केही पाईन।

समग्रमा चलचित्र राम्रोनै बनेको छ ,यस्ता चलचित्र समय समयमा बनिनु पर्छ जस्तो लाग्छ । एउटा फरक प्रयोग भएकाले यस चलचित्रलाई एकपटक मौका दिँदा फरक पर्दैन।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !