चलचित्र “जात्रैजात्रा” – समिक्षा

चलचित्र: जात्रै जात्रा
रेटिङस: (३.५/५)
निर्देशक: Pradip Bhattarai

आज म धेरै समय पछाडि सिनेमा हेर्न हलभित्र छिरेँ करिब २ महिना पश्चात् ठ्याक्कै चलचित्र क्यापटेन पछाडी रिलिज भएको चलचित्र हेर्ने मौका जुरेको थिएन।मैले सुरुमा यो कुरा किन जोडेको भने सिनेमा हेर्नेबानी थोरैमात्र पनि पातलियोभने हामी त्यस्तो मानसिकतामा प्रवेश गरिसकेका हुन्छौँ जसमा हामी सिनेमा प्रेमी भएर मात्र हैन सिनेमा हेर्न कुनै खास कारणको प्रतीक्षा गरिराखेका हुन्छौँ जस्तोकि त्योभन्दा पहिला मलाई सिनेमा हेर्न कुनै कारणको आवश्यकता पर्दैन थियो म नितान्त आफ्नो अत्यधिक रुचिको विषय भएकाले जान्थेँ तर अहिले थोरै फरक अनुभवसाथ जाँदैथिए त्यसैले आज जात्रै जात्रा हेर्नको लागि मेरो मन भएपनी कारण खोजिरहेको थिएँ र फेला पर्यो। अब मेरो मनमा सिनेमा एकदमै मनोरञ्जनात्मक होस भन्ने आस थियो थोरै “जात्रा” उक्त विधाको भएकाले “जात्रै जात्रा” पनि त्यस्तै होला भन्ने अनुमान लगाएको थिएँ ट्रेलरले थप उत्सुकता जगाएको थियो।अब सिनेमा हेरिसकेपछी एउटा सिनेमालाई हेर्न मात्र हैन पढ्न रुचाउने बिधार्थी(अहिलेसम्म अनौपचारिक रुपमा) भएकाले समीक्षा नलेखी बस्न सक्दिन त्यसैले सँधै झैँ पहिला चलचित्र “जात्रै जात्रा” को सबल पक्षबाट सुरु गर्छु

* चलचित्रको सबल पक्ष
१.चलचित्रका मुख्य पात्रहरु पहिलै देखिसकेका र उत्कृष्ट भएका कारण पात्रको आनिबानी बुझ्न त्यती झन्झट गर्नुपर्दैन साथै दर्शकले यी पात्रहरुलाई थप हेर्न चाहेको कुरा “जात्रा” को लोकप्रियताले देखाईसकेकाले पनि निर्देशकले सिक्वेलमा ती पात्रहरु प्रयोग गर्नुनै चलचित्रको सबल पक्ष हो।
२.कमेडि विधाका चलचित्रहरुको मुख्य विशेषता भनेको दर्शकलाइ हँसाउनु हो तर चलाखीपुर्ण तरिकाले, चलचित्रमा त्यस्तो संवाद वा दृश्य नहोस जुन जबर्जस्त गरिएको होस। यो कुरा निर्देशकले राम्ररी बुझेको पाइयो।चलचित्रले अन्तिमसम्म दर्शकलाई हँसाउनुका साथै बाँधेर राख्छ ,पक्कैपनी यो सबल पक्ष हो।
३. अभिनयको बारेमा म धेरै कुरा गर्दिन किनकी चलचित्र मुख्य पात्र चरित्र निभाउने कलाकारको अभिनय कौशलताको बारेमा चलचित्र “जात्रा” बाट सबैलाई थाहानै छ त केही नयाँपात्रहरु थपिएका छ्न जुन सबैको अभिनय राम्रो छ।बिपिन कार्की,रबिन्द्र सिङ बानिया,रबिन्द्र झा,वर्षा राउत,दयाहांङ राई, राजाराम पौडेल आदि साबैको राम्रो छ।
४.चलचित्रको लेखन पक्ष विशेषगरि संवाद लेखन उत्कृष्ट छ, चलचित्रको अधिकांश समय दृश्यले भन्दापनी पात्रहरुको संवादले दर्शकलाई हँसाउछन।
५.चलचित्र कमेडी विधाको भएपनी चलचित्रको केही सिन भावनात्मक हिसाबले पनि बलियो देखिन्छ त्यस्को सम्पुर्ण श्रेय कलाकार बिपिन कार्कीलाई जान्छ। उनी नेपाली सिनेजगतले पाएको एउटा बर्दान हुन यसमा कुनै शंका छैन।

अब कुरा गरौँ कमजोर पक्षको
१. चलचित्र किन कसरी सकिएको होला? यो प्रश्न चलचित्र हेरिसकेपछी दर्शकलाई लाग्छ किनकी चलचित्र जब मुख्य कुरामा प्रवेश गर्छ त्यहाँदेखी दर्शक चलचित्रको निचोडतिर केन्द्रित हुन थाल्छन् , क्लाइमेक्सको अपेक्षा जस्तो हुन्छ दर्शकलाई त्यो पुर्णता चलचित्रले दिननसकेको मैले पाएँ।जुन बिषयलाई लिएर चलचित्र बनाईएको छ त्यो बिषयलाई त्यति हल्का रुपमा टुंग्याउदा दर्शकलाई त्यति पत्यार नलाग्न सक्छ।
३. चलचित्रमा केहि महत्वपुर्ण पात्रलाई अन्तिममा नेग्लेट गरेको पाइन्छ। केही पात्रहरुको अन्त्य दर्शकले खोजिरहेका हुन्छन तर पाउँदैन्न। त्यो चाहिँ तपाईंले चलचित्र हेरेर पत्ता लगाउनु होला।

अरु खासै मैले खोट खोज्न सकिन यो चलचित्रमा किनकी मेरो यो पल्टको चलचित्र हेराईमा केही कारणहरु थिए त्यसैले मैले अझ ध्यानपुर्वक हेर्न सायद सकिन होला अर्को चलचित्रको समीक्षा अझ सशक्त रुपमा गर्नेछु तर जे होस म चाहिँ यो चलचित्र हेरेर भरपुर मनोरञ्जन लिन सफल भएँ र यदि तपाईं चलचित्र हेर्ने प्लान बनाउँदै हुनुन्छभने अवश्य “जात्रै जात्रा” को टिकट ढुक्कसाथ काट्नुहोस।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !