इन्द्रेणीका कलाकार छत्र शाही र रेस्लिङ्ग खेलाडी जुरेली बीचको वास्तविक घटना यस्तो

केहि दिन देखि इन्द्रेणीका कलाकार छत्र शाही र रेस्लिङ्ग खेलाडी जुरेलीले हिलो खेको भिडियोको क्लिप र केहि अस्लिल जस्ता देखिने तस्बिरहरु सामाजिक संजालमा एकाएक भाइरल भएका छन्। भिडियोका साना क्लिप तथा केहि तस्बिरहरुलाई प्रयोग गरेर केहि व्यक्तिहरुले टिकटक र फेसबुकमा हालेपछि यस घटनाले माहोल निकै तातेको हो भने उक्त भिडियो क्लिप र तस्बिर भाइरल बनेपछि इन्द्रेणीका कलाकार छत्र शाही र जुरेलीलाई गालीको बर्षा भएको हो। भिडियो क्लिप र तस्बिरहरुलाई जसरी नकारात्मक तरिकाले भाइरल गरियो वास्तवमा भने त्यस्तो केहि पनि थिएन।

असार १५ मनाउने क्रममा इन्द्रेणी टिम भक्तपुर पुगेको थियो र उक्त ठाउमा अन्य चर्चित कलाकारहरुको पनि उपस्थिति थियो। हिलो खेल्दै दोहोरि गाउदै रमाइलो गर्ने क्रममा रेस्लिङ्ग खेलाडी जुरेली र कलाकार छत्र शाही बीच हिलोमा रमाइलो कुस्ती भएको हो। हासी मजाक गर्न निकै माहिर रहेका कलाकार छत्र शाहीले जुरेलीलाई बोकेर हिलोमा पछारेका हुन्। भिडियो हेर्दा छत्रले नराम्रो नियतले जुरेलीलाई हिलोमा पछारेको जस्तो भने पक्कै देखिदैन।

भिडियोको केहि अस्लिल जस्तो देखिने क्लिप र तस्बिर टिकटकमा र फेसबुकमा हालेपछि कलाकार छत्र शाही र जुरेलीको चरित्र हत्या भएको स्पष्ठ देखिन्छ। त्यतिमात्र हैन छत्रले जुरेलीलाई दिदि भनेर पनि सम्बोधन गर्छन। उक्त भिडियो क्लिप र तस्बिरहरु सामाजिक संजालमा भाइरल बनेपछि आफुहरुले गलत नियतले त्यस्तो नगरेको भन्दै दुबैले दर्शकसंग माफी मागेका छन् भने यसरी क्लिप काटेर गलत तरिकाले चरित्र हत्या हुने गरि भिडियो तथा फोटोहरु सामाजिक संजालमा नहाल्न पनि दर्शकलाई आग्रह गरेका छन्।

सेयर गर्नुहोस
  • 44
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    44
    Shares

प्रतिक्रिया दिनुहोस !