हराएको ९ दिनपछि सुजिता भण्डारीको श’व यस्तो घना जंगलमा भेटियो (भिडियो सहित)

गत असार ११ गते बिहान ६ बजे देखि सम्पर्क बिहिन भएकी २३ बर्षीय सुजिता भण्डारीको ला’स जंगलमा भेटिएको छ। चितवन जिल्लाको राप्ती नगरपालिका वार्ड न ३ स्थित जय श्री ब्रम सामुदायिक बन उपभोक्ता समुहको जंगलमा करिब राजमार्ग बाट ३० किलो मिटर भित्र उनको ला’स ९ दिन पछि फेला परको हो।

भिंडी (सब्जी) लिनको लागि एका बिहानै आफ्नो घर बाट साथीकोमा हिडेकी उनि त्यसपछी भने घर फर्किनन। सुजिता अपहरण भएपछी असार ११ गते नै आफु अपहरणमा परेको भन्दै आफ्नी दिदीलाई रुदै-रुदै फोनमा भनेकी थिइन्। घरबाट ११ गते बिहान निस्किदै गर्दा सुजिताले आफ्नी साथीलाई म भिंडी लिन आउदै छु भनेर म्यासेज पनि गरेकी थिइन् तर उनि साथीको घरमा भने पुगिनन।

साथीकोमा भिंडी लिन गएकी छोरी अबेर सम्म घर नआएपछि सुजिताकी दिदीले फोन गर्दा मोबाईल स्विच अफ थियो। त्यसको केहि बेर पछि ११ गते १२ बजे तिर भने सुजिताको मोबाइल बाट मिसकल आएको र तत्काल कलब्याक गर्दा आफु ‘म अपहरणमा पर’, मलाई केहि व्यक्तिहरुले स्प्रे छर्केर गाडीमा राखेका छन्’ भनेर भनेकी थिइन्।

स्थानीयका अनुसार अपहरणकारीले अपहरण गरेर सुजिताको हत्या गरेर जंगलमा लगेर फालिएको हो। तर यदि उनि अपहरणमा नै परेकी थिइन् भने उनलाई किन फोन गर्न दिईयो, कतै उनले झुट त बोलेकी हैनन् भन्ने जस्ता कुरा आइरहदा उनि त्यसरी ढाट्ने छल्ने नगर्ने र पढाईमा एकदम ट्यालेन्ट विद्यार्थी रहेकी बताइएको छ।

उनको श’व जंगलको लहरै लहरा भएको हतपत कसैले नदेख्ने ठाउमा निगुरो खोज्न जाने केहि व्यक्तिहरुले देखेर प्रहरीलाई खबर गरेपछि भेटिएको हो। निकै रहस्मय रहेको घटनाको अनुसन्धान तिब्र रुपमा अगाडी बडाइएको छ। भिडियोमा हेर्नुहोस यस्तो ठाउमा भेटिएको थियो उनको श’व

सेयर गर्नुहोस
  • 223
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    223
    Shares

प्रतिक्रिया दिनुहोस !