चलचित्र निर्माता, निर्देशक तथा कलाकार शिशिर राणा ४५ लाख ठगी गरेको आरोपमा पक्राउ

चलचित्र निर्माता, निर्देशक तथा कलाकार शिशिर राणा ४५ लाख ठगी गरेको आरोपमा पक्राउ परेका छन्। बैंकिङ कसुर मुद्दामा पक्राउ परेको उनलाई प्रहरीले बिजुली बजार बाट पक्राउ गरेको हो।

मौज्दात रकम नभएको भन्ने जानी-जानी झुक्याएको कसुरमा पीडितले उनीमाथि प्रहरी तथा अदालतमा उजुरी दिएका थिए । उनले नबिल बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितको नाममा ४५ लाख रुपैयाँको चेक काटी दिए पनि उक्त बैंक खातामा पर्याप्त रकम थिएन।

उनले २०७६ सालमा घर व्यवहार चलाउन र व्यवसायमा लगानी गर्न भनि पैसा सापटी लिएका थिए। उनले भनेको टाइमा पैसा फिर्ता दिन नसकेपछि पीडितले उजुरी दिएका हुन्। उच्च अदालतको फैसला अनुसार सीआईबी प्रहरी उपरिक्षक श्याम कुमार महत्तोले उनलाई पक्राउ गरेको जानकारी दिनुभयो।

उनले केहि चलचित्रमा अभिनय गरेका छन् भने ‘पोई पर्यो काले’ निर्माण गरेका छन्। उनले ‘पोई पर्यो काले’ को सिक्वेल बनाउने तयारीमा थिए।

सेयर गर्नुहोस
  • 43
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    43
    Shares

प्रतिक्रिया दिनुहोस !