पोखरामा ४ करोड ठ’गेर एक व्यक्ति फ’रार, ६० जना पि’डित मिडियामा

आज भोलि ठगीका समाचारहरु दिनदिनै आइरहेका छन्। कसैले चिट्ठा परो भनेर ठग्ने,कसैले विदेश पठाईदिन्छु भनेर ठग्ने, कसैले पुलिस हु, आर्मी हु भनेर ठग्ने। यस्तै पोखरामा ठगीको एउटा नया प्रोपागाण्ड आएको छ।

पोखरा महानगरपालिका वडा न १७ मा ६० जना ग्राहकलाई समग्रहमा रु ४ करोड ठगी गरेर एक जना फरार भएका छन्। ठगी गर्ने भने ३ जना रहे पनि २ जना सम्पर्कमा रहेको र एक जना भने सम्पर्क बिहिन भएको पिडितहरुको गुनासो छ।

उनीहरुले ठगि गर्न नया प्रोपागाण्ड अपनाएका छन्। पीडितका अनुसार सुरुमा ३ जना संचालक मिलेर एउट निर्माण सामग्री बेच्ने हार्डवेयर संचालन गरे त्यसपछि ग्राहकको विस्वास जिते र हार्डवेयरमा जहाँ बाट सामान ल्याउछन त्यहा पनि विस्वास जिते पछि सबै ग्राहकलाई अग्रिम सामान किन्नको लागि अग्रिम डिपोजिट गर्न भने र डिपोजिट भएपछी ३ जना संचालक मध्ये एक जना पैसा लिएर फरार भए।

हार्डवेयर संचालन गर्नेमा बाराका स्थानिय राजेश शाही जो अहिले फरार रहेका छन् । यस्तै अन्य दुई संचालक बिष्णु र सबिन हुन् जो सम्पर्कमा छन्। फरार रहेका राजेश पनि यी दुई संग सम्पर्कमा नरहेको बताएका छन्।

हार्डवेयरको मुख्य संचालक राजेश नै रहको र सम्पुर्ण पैसा लिएर उनि नै भागेको भनेर अन्य दुई संचालकले बताएका छन्। निर्माण सामग्रीको लागि अग्रिम भुक्तानी गरेका ग्राहकलाइ समयमा सामान वितरण नगरेको र जहाँ बाट सामान ल्याउथिए त्यहा पनि पैसा नदि फरार रहेका छन् राजेश शाही।

ठगिमा परेका करिब ६० जना पिडित व्यक्तिहरु राजेश शाहीको खोजीमा मिडियामा आएका छन्। हरेक व्यतिको लाखौ रुपैया डुबेको छ। यसै घटनाको सम्पूर्ण जानकारी अपिल त्रिपाठीले गण्डकी छड्के मार्फत बनाएको रिपोर्ट तलको भिडियोमा हेर्नुहोस :

सेयर गर्नुहोस
  • 62
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    62
    Shares

प्रतिक्रिया दिनुहोस !