ओली र नेपाल बीच भर्खर सकियो वार्ता, के भयो सहमति ?

काठमाडौं । नेकपाका एमालेभित्रको संकट टार्ने प्रयत्नस्वरुप एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।काठमाडौंको नागपोखरी, नक्सालस्थित होटल मेरियटमा करिब २ घण्टा सम्म भएको वार्ता निष्कर्षविहिन भएको छ । वार्ता सकेर ओली र नेपाल निस्किए । उनीहरुले केही प्रतिक्रिया भने दिएनन् ।

बैठकमा अध्यक्ष ओली पावर सेयरिङमा सहमत नभएपछि एमाले विवाद समाधानमा कुनै प्रगति हुन नसकेको बैठकमा सहभागी एक नेताले बताए । ‘खासगरी अध्यक्ष ओली पावर सेयरिङमा सहमत नभएपछि वार्ता निष्कर्षविहीन​ बन्यो,’ ती नेताको भनाइ छ ।

बुधबार एमाले एकता जोगाउन गठित कार्यदलले विवादका विषय टुंगो लगाएको जनाएको थियो। त्यसलाई अन्तिम रुप दिन बुधबार नै ओली र नेपालबीच भेट गराउनेसमेत कार्यदलका सदस्यहरुले बताएका थिए।त्यहीअनुसार ओली र नेपाल स्वयं बसेर विवाद समाधान गर्ने प्रयास सुरु गरेका हुन्। तर वार्तामा ठोस सहमति नभएको नेता भीम रावलले बताए । भेटमा कार्यदलले आफूहरुवीच भएको गतिविधिहरुबारे जानकारी दिएका थिए ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सेयर गर्नुहोस
  • 301
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    301
    Shares

प्रतिक्रिया दिनुहोस !