काठमान्डौको अशनमा रहेको २४५ बर्ष पुरानो घरको वास्तविकता, सुन्दै अचम्म लाग्ने

काठमान्डौको अशनमा एउटा २४५ बर्ष पुरानो घर रहेको छ। यस घर बारे धेरैलाई था नहुन सक्छ। बि स १८३३ मा बनेको यस घरलाई मान मन्दिर भन्ने गरिन्छ भने पल्टन घर पनि भन्ने गरिन्छ।

यस घरलाई राजा पृथ्वी नारायण शाहका प्रधान शेनापति अभिमानसिंह बस्नेतले बनाउनु भएको हो। यो घरमा ७ ओटा चोकहरु थिए र साथ तला अग्लो थियो । त्यो समयमा ब्यारेक नहुने र आफु मन्त्रि / कमाण्डर चिफ भएको कारणले सबै सिपाहीहरुको रेखदेख गर्नु पर्ने भएकाले यो ठुलो घर बनाइएको हो।

उक्त घरमा पृथ्वी नारायण शाहका पालाका ७३ ओटा सिपाहीहरुको तस्बिर पनि कुदिएको छ। अहिले त्यो घरमा ७ ओटा चोक मध्य ३ ओटा चोक मात्र रहेको छ। सरकारले समरक्षण गर्नु पर्ने उक्त घर प्रति कुनै चासो देखाएको छैन।

उक्त घर अशनको बालकुमारी साईडमा ठुला-ठुला झ्याल सहित रहेको छ। धेरै समय पल्टन घरको रुपमा रहेको उक्त घरको पहिलो तलामा रण बहादुर शाहले आफु पनि पहलमान भएको कारणले पलामानहरुको कुस्ती खेल संचाल गर्नुहुन्थियो।

त्यो बेला सबै जनताको घर छाप्राका हुन्थिए र सिसाको झ्याल लागाउने यो पहिलो घर पनि हो। उक्त सिसा बेल्जियम बाट मगाइएको भनिएको छ। काजि अभिमानसिङ्ग बस्नेतले उक्त घरको बैठक कोठामा ठुलो इरानियन कार्पेट राखेर मान्छेहरु भेट्ने, सभा सम्मेलन गर्ने गर्नुहुन्थियो।

यस घरको बारेमा साथै काजि अभिमानसिङ्ग बस्नेतको बारेमा थप अन्य जानकारी चाहनु हुन्छ भने तलको भिडियो हेर्नुहोला। उक्त भिडियोमा घर र काजी अभिमानसिङ्गको बारेमा बिस्तृत रुपमा बताएको छ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !