सुजिता भण्डारीको अनुसन्धानमा असहज, घटनाले लियो नया मोड

चितवन, चितवन जिल्लाको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको छ ।असार ११ गतेदेखि हराइरहेकी सुजिताको नजिकैको सामुदायिक वनमा असार २० गते शव भेटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार पत्रकार सम्मेलन गरी शंकास्पद व्यक्तिसँग सोधपुछको काम भइरहेको जनाएको छ । प्रहरी उपरीक्षक (एसपी) ओमप्रकाश अधिकारीले पत्रकार सम्मेलनमा भने, ‘हामीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गर्‍यौं । केही कुरा खुलेको छ । थप अनुसन्धान जारी छ ।’

अभियन्ताको नाममा बाहिरबाट आएर समाजमा गरिएका क्रियाकलापले अनुसन्धानमा कठिनाइ थपेको एसपी अधिकारीले बताए । ‘काठमाडौंमा ब्यानर प्रिन्ट गरेर, झोलामा हालेर प्लेन चढेर आउने र आएको रात कुनै गाउँमा गएर बास बस्ने र समूह खडा गरी अवरोध सिर्जना गर्ने काम भएको छ,’ उनले भने । बाह्य व्यक्तिका कारण अनुसन्धानमा असहज भएको उनको भनाइ छ ।

उनले अगाडि भने, ‘अनुसन्धानमा खटिनुपर्ने प्रहरी कर्फ्यू व्यवस्थापनमा खटिनु परेको छ ।’ भण्डारीको मृत्यु प्रकरणमा शव परीक्षण सकिएको र भिसेरा परीक्षणका लागि खुमलटार पठाइएको उनले जानकारी दिए । भिसेरा परीक्षणको नतिजा आएपछि केही भन्न सकिने एसपी अधिकारीको भनाइ छ ।

अनुसन्धानको कामलाई अप्ठ्यारोमा पार्ने काम भएको भन्दै उनले थपे, ‘शव परीक्षणका लागि ल्याउने समयदेखि नै असहज बन्दै गएको वातावरणले काम गर्न कठिन भयो । आफन्त अनुसन्धानका लागि तयार छन् तर बाह्य व्यक्तिले अवरोध खडा गरेका छन् ।’

एसपी अधिकारीले स्थानीवासीलाई अनावश्यक हल्लाको पछि नदौडिन समेत आग्रह गरेका छन् । ‘प्रहरीको अनुसन्धानलाई असर गर्ने खालका हल्लाको पछि नदौडनुस् । यसले घटनालाई अन्तै मोड्ने काम गर्छ,’ उनले भने । अनुसन्धान र सूचना सम्प्रेषणमा गम्भीर बन्नुपर्ने समय आएको भन्दै उनले भरपर्दो सञ्चार माध्यमको मात्र विश्वास गर्न आग्रह गरे ।

भण्डारीको शव भेटिएको घटनामा हत्या वा आत्महत्या के हो भन्ने विषयमा प्रहरी नै अन्योलमा रहेको अधिकारीले बताए । शव भेटिएको स्थानमा माउन्टेन डिउको बोत्तलमा सेतो पदार्थ भेटिनु, अपहरणमा परेको व्यक्तिको फोनबाट विभिन्न समयमा दोहोरो कुरा हुनु र डाटा लिएर इन्टरनेटको प्रयोग भएको प्रारम्भिक अनुसन्धानमा भेटिएको उनले जानकारी दिए ।

अनुसन्धानका लागि काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोली कुकुरसहित खटिएको छ । अहिलेसम्म प्रहरीले स्थानीयवासी र मृतकका आफन्तसँग सोधपुछको काम गरिरहेको एसपी अधिकारीले बताए । उक्त क्षेत्रमा दैनिक प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले मंगलबारबाट कर्फ्यू जारी गरेको छ ।

सुजिता भण्डारीको घटना धेरै नै संकास्पद देखिएको छ। हतियाराले कुनै पनि प्रुफ छाडेको छैन। यस घटनाले दिनदिनै नया मोड लिरहेको छ। अहिले यो घटनाले माहोल निकै तताएको छ।

सेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस !

बिशेष समाचार