पुरानी अभिनेत्री जेनी कुवरले गरिन आ’त्मह’त्या

अभिनेत्री जेनी कुवरले आत्माहत्या गरेकी छिन। उनले बिहिबार साँझ ९ बजे वानेश्वर थापागाउँ स्थित आफु बस्दै आएको सनराइज सिटी अपार्टमेन्टमा आत्माहत्या गरेकी हुन्।

जेनी विगत १ बर्षदेखि डिप्रेसनमा रहेको बताइएको छ भने घटनास्थलबाट प्रहरीले ‘सुसाइड नोट’ समेत हात पारेको छ । श्रीमानसंग बस्दै आएकी जेनी किचनमा नाइलनको डोरीमा झुण्डिएको अवस्थामा भेटिएकी हुन्।

जेनीले एक वर्षदेखि डिप्रेसनको औषधी सेवन गरिरहेकी थिइन् भने करिब ६ महिना उनी विपश्यना ध्यान शिविरमा समेत बसेकी थिइन् । फिल्म ‘जिन्दगानी’ बाट अभिनय करिअर सुरु गरेकी जेनीले चलचित्र ‘मैदान, जीवनदाता, कानून, अभिमन्यू, मलाई माफ गरिदेऊ, हलचल’ लगायत तीन दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेकी छिन।

यस घटना पछि प्रहरीले उनको श्रीमानलाई सामान्य सोधपुछ समेत गरेको थियो। पछिल्लो समय भने उनि कुनै फिल्मी छेत्रमा सक्रिय थिनन। प्राय जसो उनि आफ्नो समय पशुपतिमा बिताउने गर्थिन।

सेयर गर्नुहोस
  • 36
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    36
    Shares

प्रतिक्रिया दिनुहोस !