प्रकाश सुबेदीलाई मु’द्दा हाल्ने तयारी, न्याय नपाए आ’त्म’ह’त्या रोज्ने मोडल गरिमा शर्माको चेतावनी

समय समयमा विवादमा तानिने कार्यक्रम हो ए पी वान बाट प्रसारण हुने प्रकाश सुबेदीको फिल्मी कार्यक्रम ‘रजतपट’। यस्तै मोडल गरिमा शर्माको फेक रिपोर्ट पेश गरेको भन्दै फेरी पनि कार्यक्रम ‘रजतपट’ विवादित बनेको छ।

केहि दिन अगाडी मोडल तथा गायक दुर्गेश थापा र मोडल गरिमा शर्मा टिकटकको लाईभमा आएर एकार्कासंग बाजाबाज गरेका थिए। उक्त लाइभमा भएको झगडा र त्यस झगडामा प्रयोग भएका शब्दलाई लिएर आपत्ति जनाउदै बिहिबारको रजतपट कार्यक्रममा एउटा रिपोर्ट सार्वजनिक गरिएको थियो।

उक्त रिपोर्ट प्रसारण भएपछि मोडल गरिमा शर्मा रुदै टिकटकमा लाइभ आएर रजतपट बिरुद्ध कानुनी लडाई लड्ने बताएकी छिन। उनले रजतपटमा प्रसारण भएको रिपोर्ट गलत रहेको बताएकी छिन।

उक्त लाइभ भिडियोको सम्पूर्ण क्लिपहरु आफुसंग सुरक्षित रहेको र आफुमाथि त्यति ठुलो टिभी च्यानलमा प्रसारण हुने कार्यक्रमले चरित्र हत्या गरेको भन्दै आफु सम्बन्धित ठाउमा जाने साथै आफुले न्याय नपाए आत्महत्याको बाटो रोज्ने चेतावनी समेत दिएकी छिन।

दर्शकलाई मनोरन्जन दिनका लागि टिकटक लाइभमा दुर्गेशकी पुर्वप्रेमिकाको अभिनय गरेको उनले बताएकी छिन भने भिडियो पनि सार्वजनिक गरेकी छिन।

यस कार्यक्रममा आएर नेपाली चलचित्र क्षेत्रका धेरै नायक नायिका विवादित बनेका छन्। नायिका पूजा शर्माले त उक्त कार्यक्रममा कहिलै इन्टरभियु नदिने घोषणा समेत गरेकी थिईन।

यसरी विवादित बनेकामा दीपा श्री निरौला, शिल्पा पोख्रेल, पुजा शर्मा लगायत अन्य कलाकार रहेका छन्। कोभिडका कारण ठप्प रहेको चलचित्र छेत्र नायक नायिकाको विवादित हर्कतले माहोल भने निकै तातिरहेको छ।

सेयर गर्नुहोस
  • 304
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    304
    Shares

प्रतिक्रिया दिनुहोस !