सात घण्टाको वार्तापछि एमाले कार्यदलमा सहमति तर हस्ताक्षर कहिले ?

काठमाडौं । नेकपा एमालेमा एकताका निम्ति दुई पक्षबीच सहमति भएको छ । एकताका लागि बनेको कार्यदलको आज दिनभर बसेको वैठक समझदारीमा टुंगिएको हो । 

आजको वैठकपछि कार्यदलका सदस्य प्रदिप ज्ञवालीले पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको बताए । उनले सञ्चारकर्मीसँग भने, ‘आजको वैठक निकै लामो, सौहार्द र सघन भयो । झण्डै सात घन्टाको वैठकपछि पार्टीको एकतालाई सुदृढ गर्ने सम्वन्धमा सहमतिमा पुगेका छौं ।’

सहमतिको दस्तावेजलाई अन्तिम रुप दिन भाषिक परिमार्जनका लागि भोलि फेरी बैठक बस्ने उनले जानकारी दिए  । सहमतिका बुँदा थाहा पाउन १८ घन्टा पर्खिन उनले आग्रह गरेका छन् । 

सहमतिको दस्ताबेजलाई अन्तिम रुप दिन केही भाषिक परिमार्जन लगायतका केही विषयमा भोलि एकछिन छलफल गर्नुपर्ने बाँकी रहेको भन्दे उनले भने, अहिलेका जति पनि प्रश्नहरु छन्, त्यसलाई सहमतिको विन्दुमा ल्याइपुर्‍याएका छौं ।’

बैठकपछि ज्ञवालीले दिएको प्रतिक्रिया उनकै शब्दमा – ‘कार्यदलको आजको बैठक हामीले निकै लामो, निकै सौहार्द र सघन छलफलमा विताएका छौं । झण्डै झण्डै ७ घण्टा व्यतित गरेका छौं र बैठकबाट हामी पार्टीको एकतालाई सुदृढ गर्ने सन्दर्भमा सहमतिमा पुगेका छौं ।

सहमतिको दस्ताबेजलाई अन्तिम रुप दिन केही भाषिक परिमार्जन लगायतका केही विषयमा भोलि एकछिन हामी बस्नुपर्ने भएका कारणले भोलिसम्मका हामीले बैठक स्थगित गरेका छौं ।

तर यति चाहिँ म तपाईहरुलाई शेयर गर्न चाहन्छु कि हामी अहिलेका जति पनि प्रश्नहरु छन्, त्यसलाई सहमतिको विन्दुमा ल्याइपुर्‍याएका छौं । त्यसकारण अब नेकपा एमालेका नेता कार्यकर्ता र समर्थक शुभचिन्तकहरुले पार्टीको भविश्य के होला भन्नेबारे उहाँहरुको चिन्तालाई दुर गर्ने गरी हामी सहमतिका साथै यो बैठकलाई टंग्याउने छौं ।

नेताहरुसँग आवश्यक परामर्श नियमित रुपमा भइरहन्छ । तर भोलि हामी यसलाई फाइनल गर्छौं । कार्यदललाई नै यो समस्या समाधानका लागि सहमतिको प्रस्ताव तयार पार्न टीओआर पाएका छौं । हामी त्यही आधारमा नै टुंग्याउछौं ।’

सेयर गर्नुहोस
  • 503
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    503
    Shares

प्रतिक्रिया दिनुहोस !