अन्तरजातीय विवाह गरेर जंगलमा लुकेर बसेका जोडीलाई घर पुगेपछि

कैलालीमा एक जोडीले अन्तरजातीय विवाह गरेर जंगलमा लुकेर बसेका थिए तर गाह्र पुगेपछि भएन युवतीका आफन्तले उक्त जोडीलाई छुटाईदिएका छन्। उनीहरुले असारको पहिलो सात भागेर विवाहा गरेका हुन्।

कैलालीको नगरपालिका-४ का प्रकाश विश्वकर्मा र जानकी गाउँपालिकाकी मालती रावलले भागेर अन्तरजातिय विवाह गरेका थिए। शुक्रबार घर पुगेपछि भने युवतीका आफन्तले छुटाएर लगेका हुन् ।

विवाह गरेर जंगलमै लुकेर बसेका उनीहरुले भिडियो सार्वजनिक गर्दै आफूहरुलाई परिवारले स्वीकार नगरेको भन्दै सहयोगका लागि अपील गरेका थिए । तर भजनी नगरपालिका–४ स्थित प्रकाशको घरमा पुगेपछि शुक्रबार आएको २५–३० जनाको समूहले युवतीलाई छुटाएर लगेको आफन्तले बताएका छन् ।

दुवै जनाको नेपाली कानुन अनुसार विवाह गर्न उमेर पुगेको छैन दुवैजना २० बर्ष भन्दा कम उमेरका छन्। केटीको परिवारले छोरी हराएको भनेर प्रहरीमा उजुरी दिएका थिए।

उनीहरुले बनाएको भिडियो सामाजिक संजालमा भाइरल बनेपछि कैलाली प्रहरीको ध्यानाकर्षण भएको छ । शुक्रबार प्रकाशको घरमै पुगेको इलाका प्रहरी कार्यालय भजनीको टोलीले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

सेयर गर्नुहोस
  • 35
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    35
    Shares

प्रतिक्रिया दिनुहोस !