यी भाई जसले गरे आफ्नै दाइको ह’त्या

विराटनगर महानगरपालिका-५ पृथ्वी चोकमा बस्दै आएका साजन सिंहलाई आफ्नै दाईको ह’त्या गरेको आरोपमा मोरंग प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार साजनले शुक्रबार राति आफ्नै दाजुको ह’त्या गरेका हुन्।

सामान्य घरयासी विवाद हुँदा शुक्रबार राति साढे १० बजेतिर साजनले आफ्नै ४२ बर्षीय दाइ भोलालाई च’क्कु प्र’हा’र गरेका थिए। उनले आफ्ना पटक-पटक प्र’हा’र गरेका कारण भोलाको शरीरको विभिन्न ठाउमा गहिरो चो’ट लागेको थियो।

प्रहरीका अनुसार भाइको च’क्कु बाट गम्भीर घाइते भएका भोलाको बिरात अस्पतालमा उपचारको क्रममा शुक्रबार राति ११ बजे नै उनको मृ’त्यु भएको हो। साजनलाइ भने साढे ११ बजेतिर नियन्त्रणमा लिएको हो। साजनविरुद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान शुरु गरिएको छ ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !