गोरखाको भिमकुल बचत तथा ऋण सहकारी संस्थाबाट ३० लाख चोरी

गोरखा । गोरखाको एक बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको छ। भीमसेन थापा गाउँपालिका-०७,बोर्लाङको भीमकुल बचत तथा ऋण सहकारी संस्थामा शुक्रबार राति चोरी भएको हो।

अध्यक्ष कृष्णकुमार श्रेष्ठले दिएको जानकारी अनुसार उक्त ऋण सहकारी बाट करिब ३० लाख रुपैयाँ नगद र एउटा कम्प्युटर चोरी भएको हो।

उनले थप्दै भने ‘राती करिव तीन बजेतिर च्यानल गेटको ताला फुटाएर भित्र छिरेछन्,’ उनले भने, ‘भित्र कोठाको ढोका तोडेर सेफ पनि फुटाएछन् ।’ ‘सेफ भित्र करिव ५० लाख थियो, तर सबै लक खोल्न सकेनछ, तीस लाख लगेछन ’

सहकारीमा चोरी भएको बारे बिहान ८ बजे मात्र थाहा भएको हो। सिसिटिभी जडान गरिएको कम्प्यूटर ठानेर लगेको हुनसक्ने अनुमान गरिएको छ । घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेका प्रहरीका अनुसार सिसिटिभी फुटेजमा दुई जना व्यक्ति देखिए पनि पहिचान हुन् सकेका छैनन्। घटनाको थप अनुसन्धान भईरहेको छ।

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !