बंगलादेशमा भेटियो विश्वकै सबैभन्दा सानो गाई, गाई हेर्नेको भिड

बंगलादेशमा सम्भवत विश्वकै सानो गाइ भेटिएको छ। यो गाइ हेर्न अहिले मानिसहरुको भिड लाग्ने गरको छ । रानी नाम गरेको उक्त भुटानी गाई २३ बर्षको हो। गाई ५१ सेन्टिमिटर अग्लो रहेको छ भने २८ केजीको मात्र रहेको छ।

बंगलादेशको चरिग्रामस्थित ढाकाबाट नजिक रहेको फार्ममा यस गाईलाई हेर्न १५ सय व्यक्ति पुगिसकेका छन्। यस फार्मका व्यवस्थापक हसन हाउलाडरले रानीलाई विश्वको सबैभन्दा सानो गाईका रुपमा दर्ता गर्न गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा निवेदन दिइसकेका छन् ।

शिखोर अग्रो फार्मका अन्य गाईहरुसँग यो गाई तर्सिने भएको कारणले यसलाई बथानभन्दा टाढै राख्ने गरिएको छ। अहिले भारतको ६१ दशमलव १ सेन्टिमिटर उचाई रहेको मनिकयाम नाम गरेको गाई विश्वकै सानो गाई हो।

सेयर गर्नुहोस
  • 47
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    47
    Shares

प्रतिक्रिया दिनुहोस !