काठमाडौं । नेकपा एमाले पार्टी भित्रका समस्या समाधान गर्न गठित कार्यादल बैठकले आज पनि सहमति गर्न सकेन् ।
हिजो सहमति भएको भनेको उक्त बैठकले आज सम्पूर्ण दस्तावेज तयार गर्ने बताएको थियो । तर नेता गोकर्ण विष्टले आज सम्भव नभएपनि भोली औपचारिक रुपमा पार्टी भित्र समझदारी कायम गर्ने दस्तावेजलाई सर्वाजनिक गर्ने जानकारी दिनुभयो ।
आजको बैठकपछि पत्रकाहरुसँग कुरा गर्दै कार्यदलका सदस्य तथा नेपाल पक्षका नेता विष्टले समस्या लगभग समाधानको अबस्थामा पुगेको र अब त्यसलाई भोलि औपचारिता दिन मात्रा बाँकी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो,’कार्यदलभित्र लगभग सबै कुरा मिलेको छ यसलाई आज औपचारिकता दिन सकिएन भोलि तपाइँहरुले भोलि सुखद समाचार सुन्न पाउनु हुन्छ ।’
उहाँले अघि भन्नुभयो, ‘हामीले समग्रतामै समस्या समाधान खोजेका छौं । आम पार्टी पंक्तिले अपेक्षा गरेको र एमालेलाई माया गर्ने जनताले चाहेको सुखद समाचार भोलि नै दिन्छौं । हामी धेरै हदसम्म सफल भएका छौं ।’
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको सन्दर्भमा सोमवार फैसला दिने भनिएको छ । त्यसअघिनै एमाले एकताबद्ध भएको घोषणा हुने उहाँको भनाई छ ।