पबित्र दर्जीकी छेत्रीनी श्रीमती २० लाख लिएर फरार

दोलखा घर भएका एक दलितका छोरालाई आफ्नै छेत्रीनी श्रीमतीले करिब २० लाख लिएर बेपत्ता भएपछी उक्त व्यक्ति मिडियामा आएका छन्। पबित्र दमाई नाम गरेका व्यक्ति जसले क्षेत्रीनी केटी मन्जु छेत्रिसंग प्रेम विवाह गरेका थिए।

मन्जु क्षेत्रीसंग काठमान्डौमा भेट भएपछी एकअर्कासंग प्रेम बस्यो र उक्त प्रेम विवाहामा परिणत भएको हो। विवाह भएपछी मन्जुको परिवारले आफ्नो इज्जत समाजमा जोगाउनका लागि ज्वाई पबित्र दमाईलाई पबित्र खड्का बनाएका थिए।

विवाह गरेको केहि समय पछि पबित्र वैदेशिक रोजगारीका लागि विदेश लागे। विदेशमा जे जति कमाइ हुन्थियो सबै आफ्नी श्रीमतीलाई पठाउने गर्थे। पिडित पबित्र दमाईका अनुसार मन्जुले पैसा पाउन्जेल श्रीमान भनेको र उसका परिवारले पनि पैसा पाउन्जेल ज्वाई भनेको बताएका छन्।

अहिले श्रीमती मन्जुसंग पबित्रको सम्पर्क नरहेको र मंजुका बुवा आमासंग भने सम्पर्क भएपनि छोरी मन्जुसंग भने भेट्न नदिएको बताएका छ्न। विवाह पश्चात मन्जु र पबित्रकी एक छोरी पनि छिन।

पबित्र दमाईका अनुसार विदेशमा हुदा उनले करिब २० लाख सम्पति श्रीमतीलाई पठाएका हुन्। अहिले पबित्रसंग विदेशी भूमिमा पसिना र खुन बगाएर कमाएको पैसा एक रुपैया पनि आफुसंग नरहेको बताएका छन् भने उक्त पैसा फिर्ता गर्न र श्रीमतीलाई सम्पर्कमा आएर कुरा गर्न आग्रह गरेका छन्।

पबित्र दमाई पिडित भएर मिडियामा उनले आफ्नी क्षेत्रिनि श्रीमती र उनका परिवारलाई के-के भने ? पबित्रको जीवनमा घटेको यस दर्दनाक घटनाको सम्पूर्ण कहानी तलको भिडियोमा हेर्नुहोला :

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !