माधव कुमार नेपालको अड्डान ‘हस्ताक्षर फिर्ता हुन सक्दैन’

केहि दिन देखि लगातार एमाले कार्यदलमा सहमति जुटाउन बैठक भैरहेको छ। एमालेका उच्च स्थरिय नेताका अनुसार चाडै सकारात्मक खबर सार्वजनिक गर्छौ भने पनि नेताहरु आफ्ना आफ्नै अड्डानमा बसिरहेका छन्।

एमालेका अध्यक्ष तथा प्रधानमन्त्रि केपी ओलीले नेकपाका नेताहरुले अदालतमा गरेको हस्ताक्षर फिर्ता लिए बल्ल सहमति हुने बताएका थिए। तर, बरिष्ठ नेता माधव कुमार नेपालका अनुसार अदालतलाई प्रभाव पार्नेगरी सहमति नहुने बताएका छन् ।

अहिले एकताको प्रयास जारी रहेको बेला हस्ताक्षर फिर्ता नगर्ने आफ्नो बटमलाइन रहेको नेता नेपालले बताए। उनले भने ‘अदालतलाई प्रभावित बनाउने गरी कुनै सहमति हुँदैन । हस्ताक्षर फिर्ता हुन सक्दैन । यो मेरो बटमलाइन हो’

कार्यदलका सदस्यहरुले बिहान नेता नेपालसँग छलफल गरेर फर्किएपछि सिंहदरबारमा अहिले कार्यदलको बैठक चलिरहेको छ। कार्यदलका सदस्यहरुले आजै सहमतिको सम्भावना रहेपनि माधव कुमार नेपालको अड्डानले सहमति हुन नसक्ने हो कि भन्ने आशंका उब्जिएको छ।

नेता माधव कुमार नेपालको यस निर्णयले कतै एकतामा असर त पर्ने हैन ? उनि यो बाएक सबै कुरा मान्न तयार रहेको सम्मत उल्लेख गरेका छन्।

सेयर गर्नुहोस
  • 84
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    84
    Shares

प्रतिक्रिया दिनुहोस !