६ घण्टादेखि एमाले कार्यदलको वार्ता जारी तर नेताहरु आ-आफ्नै अडानमा

काठमाडौँ– केहि दिन देखि लगातार एमाले कार्यदलमा सहमति जुटाउन बैठक भैरहेको छ। यस्तै आज पनि विवाद समाधानका लागि कार्यदलको बैठक ६ घण्टादेखि चलिरहेको छ ।

कार्यदल विशेष स्रोतका अनुसार सिंहदरबारमा चलिरहेको उक्त बैठकमा अहिलेसम्म दुवै पक्ष आ–आफ्नो अडानबाट पछि हटेका छैनन्। अध्यक्ष ओली खेमाका सदस्यहरुले अदालतमा बुझाएको हस्ताक्षर फिर्ता हुनेपर्ने अडान यथावत राखेका छन् भने नेपाल खेमाका सदस्यहरुले भने पार्टीलाई २ जेठमै फर्काउनु पर्ने अडान राखेका छन्।

भोलि सर्वोच अदालतले संसद विघटन विरुद्धको मुद्धामा फैसला सुनाउदै छ। बैठक स्थलमा नेताहरु जसरी हुन्छ सर्वोचले फैसला सुनाउनु अगाडी नै सहमति हुने प्रयास गरिरहेका छन्।

सेयर गर्नुहोस
  • 128
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    128
    Shares

प्रतिक्रिया दिनुहोस !