बाध्यताले विदेशिएका इटहरीका एक युवकको कोभिड १९ को भोगाई र अनुभव

पवित्रा घिमिरे, इटहरी : सारा विश्व अहिले कोरोना भाइरसको त्रासबाट प्रभावित भईरहेको छ । विश्वभर कोरोना भाइरसको सङ्क्रमणबाट ४ लाख भन्दा बढी मानिसहरुले ज्यान गुमाइसकेका छन् । नेपालमा पनि कोेरोना भाइरसको जोखिम उच्च रहेको छ । हालसम्म नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमणबाट ९,३०० बढीको मृत्यु भइसकेको छ ।

यसैक्रममा हाल वैदेशिक रोजगारीको शिलशिलामा होमिएका ईटहरीका सुन्दर भटराईलाई पनि कोरोना पोजेटिभ भएको थियो । वैदेशिक रोजगारमा जानुभन्दा अगाडी भटराई धरानको श्री पब्लिक हाइस्कुलमा मा.बि अस्थाई शिक्षक करारमा कार्यरत थिए ।

डिग्री पास भटराई शिक्षक सेवा आयोगमा लिखितमा पास भएका र अन्तरवार्तामा छनोैटमा नपरेपछि उनी विदेश जान बाध्य बनेका हुन् । हाम्रो देश नेपालमा योग्य / क्षमतावान व्यक्तिहरु स्वदेशमा बेरोजार बनेपछि विदेश जान यस्ता धेरै युवाहरु बाध्य बनेका छन् ।

शिक्षक सेवा आयोगको अन्तरवार्तामा छनोैट नभएपछि भटराई कामको शिलशिलामा कतार जान बाध्य बने । कतारको हमाद अस्पतालको लन्ड्रिमा काम गर्ने क्रममा उनलाई कोरोना पोजेटिभ देखिएपछि उनी आफू काम गरिरहेको अस्पतालको क्वारेन्टाइन भर्ना भए ।

अस्पतालको क्वारेन्टाइनमा२५ दिनसम्म कष्टप्रद जीवन बिताएका भटराई नेपालमा आफ्नो योग्यताअनुसारको रोजगारीको अवसर भए आफू चाँडै नै नेपाल फर्कने पनि उनले बताए ।

कोरोना पोजेटिभ देखिएपछि कतारको हमाद अस्पतालको क्वारेन्टाइन बसेका भटराईले कोरोना जितेसँगै सारा नेपालीलाई भित्रैदेखि बलियो हुँदा कोभिड जस्तो निर्मम अवस्थालाई पनि जित्न सकिदो रहेछ । सकारात्मक सोचाईले व्यक्तिको आत्मबल बलियो हुने र कोभिड पोजेटिभ भए पनि चाडैँ निको हुने उनले बताए ।

श्रीमति र दुईछोेराको जिम्मेवारी बनेका पूर्वशिक्षक भटराई २१ महिना अघि उज्ज्वल भविष्यको सपना देख्दै रोजगारीको शिलशिलामा कतारको दोहा पुगेका हुन् ।

सेयर गर्नुहोस
  • 134
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    134
    Shares

प्रतिक्रिया दिनुहोस !