बेपत्ता सुजिताको श’व शौचालयको टयांकीमा भेटियो

जनकपुरधाम : गत जेठ १९ गतेदेखि हराएकी महिलाको शव भेटिएको छ। महोत्तरीको लोहारपट्टी नगरपालिका ७ भ्रमरपुरा घर भएकी अन्दाजी २६ वर्षीया सुजिता ठाकुरको हत्या गरेर निर्माणाधिन शौचालयको हदमा कुहिएको शव भेटिएको हो।

घरबाट करिब एक किलोमिटरको दूरीमा रहेको आफ्नै घडेरीमा निर्मार्णाधिन शौचालयको हदमुनी गाडेको अवस्थामा शव भेटिएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । माइती पक्षले बेपत्ता छोरीको देवर रुपेश ठाकुर, देवरानी रोमा ठाकुर, ससुरा पतिराम ठाकुरसहित परिवारका सदस्यले हत्या गरेर शव लुकाएको आरोप लगाएको छ ।

मृतक सुजिताका दाजु शिवम पाण्डलेले भने,‘एक-डेढ वर्ष पहिले पनि बहिनीलाई ज्यान मार्ने धम्की दिएको थियो । मेरो बहिनीलाई उनको देवर रुपेश ठाकुरले तकिया मुखमा कोचर मार्न खोजेको थियो, तर त्यतिबेला हातमा दाँतले टोकेर बाँचेकी थिइन् । तर सधै एकनाश हुँदैन, आखिर पापीहरुले मेरो बहिनीको ज्यान लिएरै छाडे ।’

‘गत जेठ महिनाको १९ गतेको हो, बहिनीको ससुरालीबाट फोन आयो, तपाईको छोरी झैंझगडा गर्दैछ, तपाईहरु आउनुस् लिएर लैजानुस् भने तर फेरी एकैछिनमा फोन गरेर आउनु पर्दैन, सबै कुरा मिलिसक्यो भने, विगत सम्झिदै घटनाको वृतान्त सुनाउँदै पाण्डेले भने, ‘मलाई त्यही दिन लाग्दै थियो की मेरो बहिनीलाई यिनीहरुले केही गरिदिए तर हामीले सामान्य घर झगडा भनेर छोडीदियौं, पछि २१ गते बहिनीको ससुराली भ्रमरापुर गएर बुझ्दा तपाईको छोरी बहिनी अर्कैसँग भागिसक्यो भनेर हामीलाई भनियो, तर हामीलाई विश्वास लागेन ।

विश्वास नलागेर बहिनीको कोठामा लगाइएको ताला फोडेर हामीले हेर्यौं, त्यहाँ सामानहरु लत्ताकपडा, गरहना सबै छदैथियो, तर बहिनी भाग्यो भनेर भन्दा हामीमा अझ शंका पस्यो, तर हामीसँग खोज्ने बाहेक अन्य कुनै विकल्प पनि थिएन।’

‘त्यसको केही दिन नवित्दै साढे चार वर्षीय भान्जा र भान्जीलाई पनि केही हानी नोक्सानी पुर्याउँछ की भनेर, हामीले केही दिनका लागि आफ्नो घर ल्यायौं ।’ गहभरि आँसु झादै पाण्डले भने, ‘विस्तारै भान्जा र भान्जीबाट बुझ्दै जाँदा बहिनीलाई धारिलो हतियारले हत्या गरी खेतमा गाँडेको विस्तारै पोल खुल्दै गयो, तर हामीले किटानी जाहेरी प्रहरीमा दिन जाँदा एसपी साहबले जाहेरी लिन मान्नु भएन ।’

खोजतलासकै क्रममा इलाका प्रहरी कार्यालय भ्रमरपुरा र मृतकका भाइ शिवम पाण्डे र सामाजिक अभियन्ता गुञ्जा रायको सक्रियतामा खेतमा रड लिएर घोप्ने र हलुङ्गो माटो भएको स्थानमा शंका लागेपछि उत्खनन गरिएपछि बोरामा केही शवका अवशेष, केशका रौंहरु, नूनका प्याकेटहरु र अन्य पदार्थहरु भेटिएपनि तर शव बरामद हुन सकेको थिएन् ।

एक प्रहरी अधिकारीका अनुसार अनुसन्धानको क्रममा अभियुक्तले शवको यकिन विवरण नबताउँदा अनुसन्धानमा समय लागेको बताए । ‘हामीलाई शव यो ठाउँमा लुकाएर राखेको छ भन्ने सूचना आएपछि दुई दिन नसुति अनुसन्धानमा लाग्यौं, गाडेको स्थान खोज्यौं, तर शव कुन ठाउँमा राखिएको छ पहिचान गर्न गाह्रो भो, किनकी माथिबाट भारीबाट काठको थुप्रो थुपारिएको रहेछ, काठलाई हटाउनु, टयाङकीमा शव पहिचान गर्नु कठिन थियो, तर दुईदिने प्रयासले सफला मिल्यो ।’

यसयघि अनुसन्धानको लागि दबाब दिँदै आएकी सामाजिक अभियन्ता गुञ्जा रायले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी लिएर दर्ता गराउन जादा यथेष्ठ प्रमाण नभएको भन्दै प्रहरीले जाहेरी लिन नमानेको सुनाइन् ।

उनले भनिन्, ‘हामीले साढे चार वर्षको बालकको बयान, फोन कल रेकर्ड र मृतक सुजिताको देवर रुपेशको पटक-पटक कुरा फेर्ने प्रवृतिका कारण हामीलाई पहिल्यै शंका लागिराथ्यो की सुजिताको हत्या भइसकेको छ, तर प्रहरीले अर्कैसँग भागेको अनुमानको आधारमा इलाका प्रहरी कार्यालय पिपरामा खोजबिन निवेदन दिन लगाएर घटनालाई अल्झाएको थियो । तर काण्ड अर्कै थियो, प्रहरीले घटनाको संवेदनशिलता नबुझ्दा घटना बाहिरिनुमा ढिलाइ भयो ।’

पीडित पक्षले गत साता बेपत्ता महिलाको ससुरा ५० वर्षीय पतिराम ठाकुर, देवर २६ वर्षीय रुपेश ठाकुर र देउरानी २५ वर्षीया रोमा ठाकुरविरुद्ध प्रहरीमा किटानी जाहेरी दिन खोजेकोमा तत्काल प्रहरीले उक्त जाहेरी लिन इन्कार गरेको थियो ।

त्यसपछि खोजतलासका लागि पीडित परिवारले निवेदन दिएका थिए । मृतक सुजिताका श्रीमान् सुस्त मनस्थितिका छन् । हाल उनी श्रीमतीबारे बेखबर छन् । साभार: अन्नपुर्ण पोष्ट

सेयर गर्नुहोस
  • 34
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    34
    Shares

प्रतिक्रिया दिनुहोस !