सकियो एमाले कार्यदलको बैठक, एकता नहुने नै भयो ?

काठमाडौं, नेकपा एमाले एकताका लागि आज बिहान देखि बसेको बैठक सकिएको छ। एमाले कार्यदलमा सहमति जुटाउन केहि दिन देखि लगातार वार्ता बसे पनि आजको दिन सम्म सहमति हुन सकेको छैन।

आज पनि एकताका लागि गठित वार्ता कार्यदलले तयार पारेको सहमतिको मस्यौयामा हस्ताक्षर हुन नसकेपछि बैठक सकिएको हो। कार्यदल सचिब शेर बहादुर तामांगले दिएको जानकारी अनुसार बैठक सोमबारसम्म स्थगित गरिएको छ।

वार्ता टोलीमा सहमतिको सम्भावना कम हुँदै गए पनि पार्टीमा फर्किन चाहने नेताहरुलाई मौका दिन बैठक स्थगित गरिएको एमाले स्रोतले जनाएको छ ।

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका २३ सांसदले सर्वोच्च अदालतमा गरेको हस्ताक्षर आजसम्म पनि फिर्ता नभएकाले आगामी दिनमा नया ढंगले अगाडी बढ्ने बताइएको छ। वार्ता कार्यदलको सम्झौताको औचित्य पनि लगभग सकिएको सचिब शेर बहादुर तामांगले बताए ।

सेयर गर्नुहोस
  • 825
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    825
    Shares

प्रतिक्रिया दिनुहोस !