भ्वाइस बाट बाहिरिएकी एलिनालाई छाक टार्न गारो भएपछि चटपटे बेच्न थालिन

नेपालको चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ बाट बाहिरिएकी एलिना उदास अहिले चटपटे बेच्दै छिन्। एलिनाको आर्थिक अवस्था कम्जोर भएपछी छाक टार्न उनले उक्त काम सुरु गरेकी हुन्।

एलिनाका अनुसार उनलाई कसैले पनि गीत गाउन अवसर नदिएपछि उनले आफ्नो जीवन गुजारा गर्न उक्त काम सुरु गरेको बताएकी छिन। एलिनाले काठमान्डौ गोठाटारको बालुवा खानी चौरमा चटपटे, पानि पुरी र फलफुल बेच्दै आएकी छिन। अहिले यो ठाउ निकै चर्चित र लोकप्रिय बन्दै आएको छ।

उक्त ठाउ लभ डाडा भनेर पनि परिचित भएको छ। एलिना ‘द भ्वाइस अफ नेपाल’ बाट धेरैको मन जित्न सफल भएर ब्याटल राउण्ड बाट बाहिरिएकी हुन्। उनले भ्वाइसमा जानु अघि घर बनाउदा बालुवा चाल्ने काम गर्थिन।

चटपटे बेच्न एलिनासंगै एलिनाकी ममी पनि उक्त ठाउमा आउनु हुन्छ। उनले चटपटे ब्यापार सुरु गर्दा करिब २ हजार लगानी बाट सुरु गरेको बताएकी छिन। कुनै काम सानो ठुलो नहुने र आफुलाई काम गर्न लाज नलाग्ने बताएकी छिन। उनीसंग कलाकार तथा संचारकर्मी शिशिर भण्डारीले लिएको अन्तरवार्ता हेर्नुहोस :

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रतिक्रिया दिनुहोस !