अन्तत:१० बुँदे सहमति सहित एक भयो एमाले, यस्ता छन् सहमति

काठमाडौं । नेकपा एमाले भित्रका विवाद समाधान गर्न गठित कार्यादलल् १० बुँदे सहमति गरेको छ ।

करिब १३ घण्टा लामो आइतवारको बैठकले १० बुँदे सहमति गर्दै नेकपा एमाले एकताबद्ध राख्न सफल भएको हो । नेकपा एमाले माधव नेपाल पक्षका नेता भीम रावलले विवाद समाधान गरेर बढ्ने महत्वपूर्ण निर्णय गरेको बताए । उनले भने, पार्टीका समस्या समाधान गरेर अगाडि जाने निर्णय सहितको दश बुँदे सहमतिमा हस्ताक्षर भएको छ ।

लामो समयदेखि एमालेको एकता जोगाउन भन्दै गठित कार्यदलले छलफल चलाइरहने क्रममा आइतबार अबेर राति १० बुँदे सहमति गरेको हो । सिंहदरबारमा करिब १३ घण्टा चलेको कार यो सहमति गरेको कार्यदलमा माधवकुमार नेपालतर्फका संयोजक रावलले बताए।

उनले कार्यदलका सबै सदस्यले १० बुँदे सहमतिमा हस्ताक्षर गरेको र त्यसलाई शीर्ष नेतृत्व (अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल)समक्ष प्रस्तुत गरिने जानकारी दिए।
यस्तो छ सहमति:

सेयर गर्नुहोस
  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares

प्रतिक्रिया दिनुहोस !