सर्वाेच्च अदालतको फैसलाप्रति कति खुसि छिन रामकुमारी झाँक्री? यस्तो छ उनको प्रतिक्रिया

काठमाडौँ । नेकपा एमालेकी नेत्री तथा सांसद रामकुमारी झाँक्रीले सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै प्रधानमन्त्रीमा शेर बहादुर देउवालाई नियुक्त गर्न दिएको परमादेशको स्वागत गर्नुभएको छ ।

राजनीतिक नेतृत्वले विवेक गुमाएको कारण राजनीतिक बिषय अदालतबाट निरुपण गर्न परेको भन्दै उहाँले राजनीतिक नेतृत्व कस्तो हुनुपर्छ भनेर निर्णय गर्नु निकै ठूलो विषय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जब राजनीतिक नेतृत्वले विवेक गुमाउछ, अहंकार र दम्भबाट ग्रसित हुन्छ। जनताको सार्वभौम सत्ता, कानुन र विधि आफूमा निहित रहेको राज्य ठान्छ नि, राजनीतिका सबै मामिलाः लोकतन्त्र, संविधान र संसद सहित दलको आन्तरिक ब्यवस्था विधान, विधि र निर्णयहरूमा अदालत प्रवेश मात्र गर्दैन परिक्षण गर्न जानुपर्ने अबस्था आउने रहेछ।त्यसैले राजनीति नेतृत्व कस्तो हुने भन्ने निर्णय गर्नु धेरै ठूलो कुरा रहेछ।’

उहाँले न्यायपालिकाले आफ्नो गरिमा बढाएको समेत बताउँदै सबैलाई बधाई समेत दिनुभयो । उहाँले भन्नुभयो, ‘संबैधानिक ईजलासका माननीय न्यायमूर्तिहरू, स्वस्थ्य बहस र पैरवी गर्ने विद्धान वरिष्ट अधिबक्ता र अधिबक्ता मित्रहरू यो प्रक्रियाको राजनीतिक नेतृत्व, मिडिया र नागरीक समाज सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु। लोकतन्त्रको पक्षधर नेपाली जनता र माननीय सांसदज्यूहरूलाई हार्दिक बधाई!’

यस्तै नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटि बैठकमा नजानुहुने भएको छ । आज साँझको लागि बोलाइएको स्थायी कमिटि बैठकमा उहाँ सामेल नहुने बताउनुभएको हो । आज साँझ ५ बजे बालुवाटारमा बोलाएको स्थायी कमिटी बैठकमा उहाँ नजानुहुने भएको हो ।

आइतबार एमाले कार्यदलले सहमति गरेसँगै नेपाल पक्ष पनि बैठकमा सहभागी हुने बताइएको थियो। स्थायी कमिटी सदस्य एवम् कार्यदलका सदस्य सुरेन्द्र पाण्डेले आफूहरू स्थायी कमिटी बैठकमा जाने बताउनुभएको थियो । आइतबार भएको सहमतिबाट वरिष्ठ नेता नेपाल भने असन्तुष्ट बन्नुभएको थियो ।

सेयर गर्नुहोस
  • 1.2K
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1.2K
    Shares

प्रतिक्रिया दिनुहोस !